सिद्धि विनायकमा परीक्षाफल प्रकाशित

इनेप्लिज २०७२ चैत ३० गते १४:४० मा प्रकाशित

1

रत्ननगर ३० चैत
पूर्वी चितवनको कालिका नगरपालिका ६ खोलेसिमलमा रहेको सिद्धि विनायक आवासीय माविले आज बार्षिक परीक्षाफल प्रकाशित गरेको छ । नर्सरी देखि कक्षा ९ सम्मका प्रथम,द्धितीय,तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

5अभिभावक संघका अध्यक्ष एवम् जिल्ला अभिभावक संघका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने,निर्देशक लीला बहादुर गुरुङ,सहायक प्राचार्य नवराज बञ्जरा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । पूर्वी चितवनकै उत्कृष्ट एवम्द पुरानो सो विद्यालयमा ९ सय १० जना विद्यार्थी अध्ययनरत छन ।

4 विद्यालयको पूर्वप्राथमिक तहदेखि तालिम प्राप्त शिक्षिकाहरुद्धारा मण्टेश्वरी पद्धतीमा अध्ययपन गराईएको विद्यालयका प्राचार्य लामिछानेले जानकारी दिनुभयो । हरेक कक्षा कोठामा सीसी क्यामरा जडान गरिएको छ भने प्रत्येक कक्षामा मिनी लाईवेरीको अबधारणा अनुसार काम थालनी गरिएको उहाँले बताउनुभयो । एक बर्ष अधि आएको भूकम्पबाट विद्यार्थीहरु त्रसित भएकाले उनीहरुको सुरक्षाको लागि भूकम्प रहित कक्षाकोठा निर्माण गरिएको प्राचार्य लामिछानेले बताउनुभयो ।

2

प्रतिक्रिया