बालमन्दिर उच्च माविमा आइटी एजुकेसन सेन्टर स्थापना

इनेप्लिज २०७२ चैत ३० गते ३:२० मा प्रकाशित

कास्की, ३० चैत । बालमन्दिर उच्च मावि नदीपुरमा आइटी एजुकेसन सेन्टर स्थापना गरिएको छ ।

क्यान हेल्प अस्ट्रेलिया, सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयको संयुक्त पहलमा आइटी एजुकेसन सेन्टर स्थापना गरिएको हो ।

एजुकेसन सेन्टरमा इन्टरनेटसहित २० वटा कम्प्युटर रहेका छन् । सेन्टर स्थापना गर्न क्यान हेल्प अस्ट्रेलियाबाट रु १० लाख र बाँकी रकम सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयले व्यवस्था गरेका हुन् ।

आइटी एजुकेसन सेन्टरको सोमबार एक कार्यक्रमका बीच नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा राजदूत ग्लेनले विद्यालयलाई सूचना प्रविधिसँग निकटता बनाउन यस सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक विष्णुप्रसाद अधिकारीले विद्यार्थीलाई गल्ती गर्न नसक्ने बनाउन सकेमा मात्र शिक्षाको गुणस्तर कायम हुने धारणा राख्नु भयो ।

प्रतिक्रिया