किन म उही लतमा फसिरहेछु ?

इनेप्लिज २०७२ चैत ३० गते १:२३ मा प्रकाशित

gunraj luitel

कस्तो विवशता
कस्तो दुविधा
कस्तो सकस
कस्तो पागलपन ।
थाहा हुदैन
किन म फेरि
उही जिद्दी गरिरहेछु
ठम्याउन सक्दिन
किन म उही
लतमा फसिरहेछु ?

रनभुल्लमा छु
किन म तिम्रै तस्वीर
हेर्नमा तल्लीन रहन्छु?
राजसी कार्य झैं मानेर
किन यसैलाई प्राथमिकता दिइरहेछु?
किन म हरेक दिन
तिम्रा तस्वीरलाई निहालिरहेछु ?
किन तिम्रो पोष्टिङका
एक एक शब्दहरुलाई केलाइ रहन्छु?
किन आफ्नो लक्ष्यको
गोरोटोलाई तिमी तिरै
डोर्याइरहेछु ?
कस्तो विवशता
कस्तो दुविधा
कस्तो सकस
कस्तो पागलपन ।
थाहा हुदैन
किन म फेरि
उही जिद्दी गरिरहेछु
ठम्याउन सक्दिन
किन म उही
लतमा फसिरहेछु ?

यात्रा चुनौतीपूर्ण छ
त्यो म जान्दछु
सवारी दुर्घटना हुन सक्दछ
म बुझ्न सक्दछु
हिडाईको गन्तब्य अनन्त छ
म परिचित छु
निर्णय एकतर्फि भएको छ
म सचेत छु
लामो संझौतामा हस्ताक्षर गर्दैछु
म फस्न पनि सक्छु
नजानी कनै समुद्रमा
पौडी खेल्दैछु
म पानी खान पनि सक्छु ।

कस्तो विवशता
कस्तो दुविधा
कस्तो सकस
कस्तो पागलपन ।
थाहा हुदैन
किन म फेरि
उही जिद्दी गरिरहेछु
ठम्याउन सक्दिन
किन म उही
लतमा फसिरहेछु ?

हो
म चुनौती नै चाहन्छु
हो
म दुर्घटनामा क्षतविक्षत हुन चाहन्छु
हो
म गन्तब्यहीन यात्रा रुचाउछु
हो
म एकतर्फि बतास हुन चाहन्छु
हो
म क्लिष्ट संझौतामै रमाउछु
हो
म सिन्को समाएरै भएपनि
गहिराइमा पौडिन चाहन्छु ।

कस्तो विवशता
कस्तो दुविधा
कस्तो सकस
कस्तो पागलपन ।
थाहा हुदैन
किन म फेरि
उही जिद्दी गरिरहेछु
ठम्याउन सक्दिन
किन म उही
लतमा फसिरहेछु ?

प्रतिक्रिया