पार्टीलाई एक ढिक्का बनाउनु सभापतिको दायित्व हो: नेता पौडेल

इनेप्लिज २०७२ चैत २८ गते १४:०६ मा प्रकाशित

ramchandra-paudelदमौली, २८ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एकताको जरुरी रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज खैरेनीटारमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “पार्टीलाई मिलाएर लैजाने दायित्व सभापतिको काँधमा आएको छ, अब उहाँले सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाउन सक्नुपर्छ ।”

आफ्नो पार्टी तत्काल सरकारमा नजाने उहाँले स्पष्ट पार्दै उहाँले काँग्रेसले सशक्त रुपमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

खैरेनीटार महोत्सव सुरु

आठौँ खैरेनीटार महोत्सव आजदेखि खैरेनीटारमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासका लागि यस्ता महोत्सवले टेवा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा कृषि, पर्यटन र जलस्रोतका प्रशस्त सम्भावना छन्, त्यसलाई सदुपयोग गर्न सके जिल्लालाई आर्थिक क्षेत्रमा अघि बढाउन सकिन्छ ।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, सांसद टुकराज सिग्देल, रामचन्द्र पोख्रेल, एमाले जिल्ला अध्यक्ष केदार सिग्देल, एकीकृत नेकपा ९माओवादी०का जिल्ला अध्यक्ष जगन्नाथ खनाल, प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णराज पण्डितलगायतले महोत्सवले स्थानीयस्तरको उत्पादनलाई बढावा दिई आर्थिक क्षेत्रको विकासमा सहयोग मिल्ने अपेक्षा गर्नुभयो ।

महोत्सवमा २०० भन्दा बढी स्टल राखिएको छ । आगामी वैशाख ९ गतेसम्म चल्ने महोत्सवमा दुई लाख ५० हजारले अवलोकन गर्ने र करिब चार लाख ५० हजार बराबरको कारोवार हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया