परिवार नियोजन सङ्घका जग्गादातालाई सम्मान

इनेप्लिज २०७२ चैत २८ गते २:०३ मा प्रकाशित

नवलपरासी, २८ चैत । शाखालाई जग्गा उपलब्ध गराएको भन्दै नेपाल परिवार नियोजन सङ्घ नवलपरासी शाखाले जग्गादाता किरणप्रसाद ज्ञवालीलाई सम्मान गरेको छ ।

नेपाल परिवार नियोजन सङ्घ नवलपरासी शाखाको भवन निर्माण गर्न १० धुर जग्गा उपलब्ध गराएका ज्ञवालीलाई सङ्घको २४औँ शाखा सभाको अवसर पारी शनिबार सम्मान गरिएको थियो ।

ज्ञवालीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सङ्घका केन्द्रीय सदस्यद्वय डा शारदा कुँवर र दीपक रानाले संयुक्त रुपमा ज्ञवालीलाई सम्मान गर्नुभएको थियो ।

रामग्राम –१ निवासी ज्ञवालीले रामग्राम निलोगेट नजिक नेपाल परिवार नियोजन सङ्घको शाखा भवन निर्माण गर्न करिब १० वर्षअघि उक्त जग्गा उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया