आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०१:३८
वासिङटन डिसी 15:53

अमेरिकामा मध्यरातमा ब्युझी लेखेको नीलम कार्की निहारिकाको उपन्यास चिरहरण प्रकाशित

इनेप्लिज २०७२ चैत २७ गते २३:४६ मा प्रकाशित

FotoFlexer_Photo

मानिस अक्सर मध्यरातमा कुम्भकर्ण झैँ मस्त निन्द्रामा सुत्दछन l बिदेशमा झन् कुखुराको डाकमा बिउझने र एकाबिहानै काममा जानु पर्ने भएकोले सम साँझै सुत्ने पनि गरिन्छ l तर साहित्यकार नीलम कार्की निहारिकालाई आफ्नो उपन्यास चिरहरण प्रकाशित गर्न पटक पटक मध्यरातमा बिउझिनु पर्यो l उठेर भए पनि आफ्नो काम फत्ते गरेरै छोडिन l पाँच बर्ष कडा मेहनत गरेर युबा आख्यानकार नीलम कार्की निहारिकाले आफ्नो जन्म दिनको अबसरमा पारेर चीरहरण उपन्यास प्रकासित गरेकी छन |

महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरणमा , द्वापर युगकी सत्यवती देखि द्रोपदी सम्म पुग्दा  बर्तमान समय भोगाई र घटनाहरु  बुनिएका छन् | निहारिका अमेरिकाको नर्थ क्यारोलिनामा बस्छिन l  नीलम कार्की निहारिकाको कविता ,कथा र उपन्यास मा कलम चल्ने गर्दछ | रास्ट्रिय स्तरका कबिता प्रतियोगिताहरुमा पुरस्कृत हुदै अघि बढेकी निहारिका कथामा पनि सिद्द हस्त मानिन्छन  | कथा संग्रहहरु  -हवन ,कागजमा दस्तखत र बाल मनोविज्ञानमा आधारित बेली प्रकासित छन | बिगत नौ बर्स देखि अमेरिकामा रहेर कलम चलाई रहेकी निहारिकाको पछिल्लो प्रकासन अर्की आइमाई उपन्यास पनि चर्चाको सिखरमा रह्यो l

nihARIKA 5

प्रवासमा रहेता पनि साहित्य साधनामा बिश्राम भने गरेकी छैनन् l साहित्यकार निहारिकालाई आफ्नो जन्म दिवसमा उपन्यास प्रकाशित हुनुको खास कारण केहि छ भन्ने राखेको जिज्ञाशामा यो उपन्यास मेरी आमा र बाल्यकालको कारणले लेखिएको हो उनले भनिन | उनले भनिन आमाले हरेक अधिकांस रात हामि निदाउनु पूर्व महाभारतको कथा सुनाउने गर्नु हुने थिएन भने मलाई लाग्छ म चिरहरण लेख्ने थिईन् होला भनिन |  त्यसैले जन्मदिनमा प्रकासित गर्ने रहर भयो र आज शुभ साइतमा प्रकाशित भयो भनिन l

चीरहरणको नामाकरणको साइत कसरि जुर्यो भनि जिज्ञाशा राख्दा निहारिकाले भनिन प्रथम बिषय बस्तु कै कारणले हो भनिन | बस्त्रहरण या चिरहरण भन्ने मा केहि अग्रज र मित्रहरुसंग छलफल भयो र चीरहरण रोजिएको बताइन l

कुराकानीको क्रममा उनले भनिन महाभारत जस्तो गहन बिषयमा झन्डै छ सय पृष्टको उपन्यास आउनु चानचुन कुरा हैन भन्दै आफु आफै आश्चर्य लागेको बताईन l सम्भवत यसरि यति ठुलो महिलाको तर्फ बाट लेखिएको उपन्यास पहिलो पनि हुन् पुगेको हो कि भन्ने आफुलाई लागेको बताइन l

niharika 1कुराकानी गर्ने क्रममा उनले भनिन मैले ठुलो चिर हरणको लागि समय खर्चेको छु l यो उपन्यास अर्की आईमाई उपन्यासको तुलना गर्ने हो भने दश प्रतिसत पनि मैले त्यसमा दिएको थिइन् निहारिकाले भनिन l प्रसंगबस तपाईं कविता किन कम लेख्नु हुन्छ भन्ने जिज्ञाशामा उनि भन्छिन ,नेपालमा हुदा कविता लेख्थे र नौ बर्ष भयो अमेरिका आएको १२ कविता लेखेछु | यो समय कथा र उपन्यास तिर बढी केन्द्रित भएछु भनिन | उपन्यास लेख्दा अति समय लाग्ने हुँदा त्यता ध्यान नगएको होला भनिन l

कलम निरन्तर चलाउने साहित्यकार तथा उपन्यासकार निहारिकालाई नलेखी बस्दा कतिको छट्पट हुने हुन्छ भन्ने सवाल राख्दा उनले प्रष्ट कुरा यसरि राखिन l चीरहरण लेख्दा अति सकस भयो | सधै महा बिद्यालयको निर्णायक परिक्षामा जाँच दिएर आए जस्तो भयो भनिन | उनले अगाडी भनिन ,अनि सोचेको थिए ,चीरहरणको पाण्डुलिपि प्रकासकलाई बुझाए परिक्षा सकिए झैँ आनन्दले  केहि समय नलेखी बस्छु | तर  बिषय बस्तुले लखेटे पनि लेख्दिन भनेर कहाँ हुन्छ र भनि प्रति प्रश्न गरिन ?

niharika 9गफिने क्रममा हामीले अमेरिकाको व्यस्त जीवनमा लेखन कार्यमा समय  कसरि व्यवस्थापन गर्नु हुन्छ सवालमा निहारिकाले भनिन आफु प्राय रातिको समयमा लेख्ने बताइन | १२ बजे उठेर ४\५ बजे सम्म लेख्छु भनिन | दिनमा लेख्ने मेरो समय बिहानको आठ देखि २ सम्म हो | २ बजे पछी मेरो छोराहरु पाठशाला बाट आए पछि उनीहरुलाई समय दिन्छु भनिन l त्यस पछीको समय एक अक्षर पनि लेख्दिन र अति आवश्यक परिस्थिति बाहेक संचार माध्यम छुन्न भनिन शनिबार र आईतबार र छोराहरुको अन्य बिदाको दिन आफु  दिउसो होइन राति मात्र लेख्छु भनिन l

चिरहरण बारेमा अझ कुराहरु जान्ने क्रममा हामीले उपन्यास बारेमा तपाईको भावी योजना के के छ भन्दा निहारिकाले भनिन बिमोचन अमेरिकामा गर्ने या नेपालमा भन्ने बारे प्रकासक संग कुरा भै रहेको बताईन  | आफु नेपाल बाहिर भएको हुदा आफ्ना प्रिय पाठकसंग प्रतक्ष्य भेटघाटको अवसर पनि मिलाउने सोची रहेको बताईन l

hawan

उनलाई हामीले चिर हरण उपन्यास के बिषय वस्तुमा आधारित छ भनि खोतल्ने क्रममा निहारिकाले उपन्यासका केहि अंश यसरि हिस्सा गरिन l र चीरहरण बैशाख को द्रोस्रो साता देखि पाठकको हात मा पुग्ने कुरा प्रकासन हाउस  सांग्रिलाले जनाएको छ |

समर्पणको पृष्टमा निहारिकाले लेखेकी छन -म चाहन्थेँ, शकुनिको कुटिल योजना कार्यान्वयनपूर्व परास्त भएको लेख्न ।

म चाहन्थेँ, कौरव र पाण्डवको भातृत्व मिलाप लेख्न ।

म चाहन्थेँ, धृतराष्ट्रहरूमा राजा भारत लेख्न ।

म चाहन्थँे, कर्णलाई नीच जातको भनिएको थिएन भनी लेख्न ।

म चाहन्थेँ, सत्यवतीलाई उनको दाजुसँगै चेदीराजवसुको आँगनमा देख्न ।

म चाहन्थेँ, कुन्तीको मातृवात्सल्यमा युधिष्ठिरहरूसँगै कर्ण पनि हुर्किएको देख्न ।

म चाहन्थेँ, काशी राजकन्याको प्रेमीसँग मिलन देख्न ।

किमार्थ म चाहन्थिनँ कुरुक्षेत्रको त्यो वीभत्स दृश्य देख्न !।।।।।।।।।।।।।।।

सम्झौताका कारण पृथक् होलान् । हिसाब–किताबको प्रकृति या अङ्क फरक होला । तर द्वापर युगमा महर्षि परासरसँग सम्झौताको समागम गर्न विवश सत्यवती यो युगमा पनि चोक–चोकमा भेटिन्नन् भन्न सकिने अवस्था छैन ।

– आज पनि भेटिन्छन् सत्यवतीहरू !

– आज पनि भेटिन्छन् स्वयंवर सम्मुखबाट हरणमा पर्ने अम्बा, अम्बिका र अम्बालिकाहरू !

– आज पनि भेटिन्छन् अभागी कर्णका विवश आमा कुन्तीहरू !

– आज पनि भेटिन्छन् वस्त्रहरिता द्रौपदीहरू !

– आज पनि भेटिन्छन् जीवित र मृत कर्णहरू !

यो पुस्तक उनीहरूमा समर्पण !

निहारिकाले भनिन यति समय खर्चियो भने एक मात्र हैन दुई वटा बिद्या वारिधि हासिल गरिन्थ्यो भन्दै अहिले आफैलाई कसरी लेखे होला भन्ने लागेको बताइन l अन्त्यमा ,उपन्यास पनि प्रकाशित भै सकेको छ भने पाठकलाई केहि संदेश दिनु हुन्छ भन्ने सवालमा उनि भन्छिन आफुले लेखनमा झन्डै पाँच बर्ष यसमा बिताएर लेखेकोले उपन्यास राम्रो छ भन्ने आफुलाई लागेको छ l पढी दिनुहोस l  पढ्न त्यति समय लाग्ने छैन भन्दै यसै मार्फत पाठकलाई आग्रह गरेकी छिन् l

प्रतिक्रिया