“झुठो प्रेमको बलि”

इनेप्लिज २०७२ चैत २७ गते ७:५० मा प्रकाशित

Gautam-Udaya

आफ्नै हातले पुछेका यी परेलीमा

भेल सरी आँसु खान्यायौ

एकै चोटमा नमारेर

किन मलाई जीवन भरलाई

यस्तो अधकल्चो बनायौ |

 

मेरो आँसु खस्यो भने, तिम्रो छाती दुक्छ भन्थ्यौ

एकछिन कतै अलमल हुँदा, ओठ-तालु सुक्छ भन्थ्यौ

बनावटी रैछ सबै, झुटै-झुटको खेती रैछ

हजार ठाउँमा चढाउने, तिम्रो मायाँ त भेटी रैछ |

सिधा बानी सोझो मान्छे, पत्याईहालें तिम्रा कुरा

सोझो पनको फाइदा लियौ, छल गरेर हान्यौ छुरा

घात भयो जिन्दगीमा, घामछंदै छली भयो

हुनाहार जीवन मेरो, झुटो प्रेमको बली भयो |

—————-समाप्त————

रचना: गौतम “उदय”

प्रतिक्रिया