नायक दिलिप रायमाझीले नेपाली नयाँ बर्ष २०७३ टेक्सासमा मनाउने

इनेप्लिज २०७२ चैत २५ गते १६:०२ मा प्रकाशित

12939551_10154083069397485_1278262471_n

नायक दिलिप रायमाझी नेपाली नयाँ बर्ष २०७३ मनाउन अमेरिकाको टेक्सास राज्य स्थित अर्विंग सहरमा आउने भएका छन् । नेपाली कलाकार महासंघ उत्तर अमेरिकाको डालस च्याप्टरले आयोजना गरेको शुभकामना साँझ २०७३को लागि उनि डालस आउन लागेका हुन् ।
हास्यकलाकार नारायण त्रिपाठीको संयोजकत्वमा रहेको डालस च्याप्टरले नयाँ बर्ष २०७३को उपलक्ष्यमा यहि अप्रिल ९ तारिकका दिन अर्विंगमा शुभकामना साँझको आयोजना गरेको छ। दर्जनौ सफल नेपाली चलचित्रहरुको मुख्य भूमिकामा खेलिसकेका दिलिप रायमाझी हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गरिरहेका छन्।
हामी संग कुरा गर्दै उनले यो पटकको नयाँ बर्ष टेक्सासका नेपालीहरुसंग मनाउनको लागि आउदो शुक्रबार टेक्सास आउन लागेको बताएका छन्।
उक्त शुभकामना साँझमा नायक दिलिप रायमाझी लगायत बरिष्ठ हास्यकलाकार नारायण त्रिपाठी, गायक राम किशन पाण्डे, गायक भिम थापा, मोडेल इशा गुरुङ लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ भने विभिन्न सास्कृतिक समूहहरुको नृत्य हरु पनि प्रस्तुत हुने छ।
अर्विंग सहरको पशुपति इन्कर्पोरेसनको हलमा हुने उक्त कार्यक्रम साँझ ७ बजे देखि सुरु हुने छ भने बेलुकाको खाना पनि व्यबस्था गरिएको जानकारी च्याप्टरका संयोजक नारायण त्रिपाठीले दिएका छन् । कुराकानीमा उनले यस क्षेत्रमा बसोबास गर्ने नेपाली हरुलाई कार्यक्रममा सहभागी भई मनोरंजन लिन तथा कार्यक्रमको रौनक थपि दिनका लागि आव्हान पनि गरेका छन् । नयाँ बर्ष शुभकामना साझ २०७३ को मिडिया को-अर्डिनेटर किशन रेग्मी रहनु भएको छ ।

https://www.youtube.com/watch?v=G-3V1PYth5w

प्रतिक्रिया