सम्झनाले अप्ठ्यारोमा पारेपछि मोडल रश्मी र राजु अलपत्र (भिडियो सहित)

इनेप्लिज २०७२ चैत २५ गते १४:१२ मा प्रकाशित

aptharoma_paryo-768x327

काठमाडौं । फूल फुलेर पहेलै भयो बोलको गीतमार्फत दर्शक श्रोता माझ छाएकी सम्झना लामिछाने मगरको आवाजमा रहेको अर्को आशा लाग्दो गीत बजारमा सार्बजनिक भएको छ । स्वाभिमान क्रिएशनले बजार ब्यबस्थापन गरेको “अप्ठ्यारोमा पार्यो मायाले’ भन्ने बोलमा रहेको रमाइलो गीतको प्रस्तुत कर्ता राजु महोत्रा छेत्री हुन । पछिलो समयमा देश विदेशको कार्यक्रमहरुमा भ्याई नभ्याई रहेकी सम्झना लामिछाने मगर र बुटवलका गायक तथा शब्द संकलक समेत रहेका बिधान कार्कीको स्वरमा रहेको गीतमा लय बिधान कार्कीकै छ भने शब्द दीपक दर्लामी मगर र राजु महोत्रा क्षेत्रीको रहेको छ । भिडियोमा अहिलेकी चर्चित मोडल रश्मी तामांग र राजु महोत्रा छेत्रीको अभिनय रहेको भिडियोमा निर्देशक बिष्णु भट्टराईले बागेस्वोरी संगीतालय बुटवलका डान्सरहरुलाई राखेका छन । भिडियोलाई बुटवलको नया बसपार्क, मिलनचोक, राजमार्ग चौराहा , बागेस्वोरिको सभाहल र होटेल डेनोवो क्लबमा छायांकन गरिएको छ ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया