सुकुम्वासी टोलमा आगलागी

इनेप्लिज २०७२ चैत २५ गते ७:५१ मा प्रकाशित

उर्लाबारी (मोरङ), २५ चैत । मोरङको विराटनगर–१ स्थित सुकुम्वासी टोलमा गएराति आगलागी हुँदा १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राति १२ः३० बजे सो स्थानमा बस्ने लाल शाह र नगेन्द्र शाहको एकतले कच्ची घरमा आगलागी हुँदा घर तथा घरभित्र रहेको सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया