उप–प्रधान मन्त्रि थापाले डिसीमा प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने

इनेप्लिज २०७२ चैत २५ गते १:२७ मा प्रकाशित

kamal thapa 1

उप-प्रधान तथा परराष्ट्र मन्त्रि तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी अप्रिल २४ मा डिसी महानगर क्षेत्रमा हुने प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु हुने भएको छ l

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको बेथेस्डा शहरको हिल्टन होटल (अतिथि गृह)मा हुने सभामा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु हुने भएको जानकारी आयोजकको तर्फ बाट लोक नाथ तिवारीले बताउनु भएको छ l

उप-प्रधान मन्त्रि थापा न्युयोर्क स्थित राष्ट्र संघको कार्यक्रमको लागि अप्रिल २१ र २२ रहनु हुने छ भने न्युयोर्कबाट साधारण सभाको लागि डिसी आउनु हुने भएको छ l अप्रिल २४ मा पहिलो चरणमा उप-प्रधान तथा परराष्ट्र मन्त्रि थापा ले डिसी महानगर क्षेत्रका बुद्धिजीवी , नागरिक समाज तथा नेपाली समुदाय संग भेटघाट गर्नुको साथै अन्तरक्रिया कार्यक्रम समेत गरिने भएको छ l

सोहि दिन दोश्रो चरणमा प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम साधारण सभालाई समय प्रदान गर्नु हुने जानकारी तिवारीले दिनु भयो l सन् २०१२ देखि नै अमेरिकामा कृयाशिल रहेको प्रवासी नेपाली एकता समाजले अमेरिकाले प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति समेत गठन गरि सकेको छ l

राप्रपा नेपालका केन्द्रिय सदस्य तथा प्रवास हेर्ने र लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आएका प्रेम कुमार श्रेष्ठले सम्मेलनलाई सफलता बनाउन आयोजक समिति अहोरात्र खटिई रहेको जानकारी दिनु भयो l

प्रतिक्रिया