विधा — कविता
शिर्षक — जनता र पार्टीका नेता
लेखिका — शोभि अजर
देशको स्थिति देखेर जनता दिक्क भा’भै’ छन्
देशको स्थिति देखेर पार्टीका नेता दङ्ग पर्या परै’ छन्
ग्याँस नपाएर जनता वाक्क भा’भै’ छन्
पार्टीका नेता चाहिँ पार्टी गर्या गरै’ छन्
मट्टितेल, दाउरा नभएर जनता प्याक्क भा’भै’ छन्
पार्टीका नेता चाहिँ पार्टीमा पोज गर्या गरै’ छन्
पेट्रोल, डिजेल नभएर जनता दुखेसो गर्या गरै’ छन्
पार्टीका नेता आफूलाई चैन जनतालाई ऐन गर्या गरै’ छन्
लोडसेडिङ्ग भएर जनता इन्तु न चिन्तु भा’भै’ छन्
पार्टीका नेता फजुल पैसा खर्ची विदेसिएका विदेसियै’ छन्
पानीको हाहाकार देखेर जनता अक्क न वक्क भा’भै’ छन्
पार्टीका नेता चाहिँ खुशीले हाहाहाहा गर्या गरै’ छन्
(समाप्त)
प्रतिक्रिया