सियोले धागो नचिनेको मन फाटेको प्रबास—————————— नेपालि अमेरिकि सस्था मुख यतातिर टाउको चाहि उतै

इनेप्लिज २०७२ चैत २३ गते १०:५२ मा प्रकाशित

sanubabu silwal

अचारमा अलिकति बढि पिरो, अमिलो र रमरम ट्बाक्क नभएसम्म न त जिब्रोले मान्छ न त अचारको सहि पहिचान हुन्छ नै। समाजको हेर्ने चश्मा, अधिकतम अभिब्यक्ति हिजोआज जिब्रोप्रेमि अचार जस्तै पिरो र अमिलो बन्दै गएकोमा चिन्ता लागिरहेको छ। राम्रा , दिगो बिकास र समुन्नतिका समाचारहरुमा समाजको आखा लाग्न छाडेको निक्कै समय भैसकेको छ। नराम्रा, अशक्तिपन, छाडा, बर्बादि, बिकलाङ्ग, बिध्वसात्मक, नकरात्मक, कद काट्ने र छिनाल्ने नै खालका समाचारहरु र यसैतर्फ उद्दत समाजले मात्रै प्राथमिकता, प्रश्रय, चासो र महत्व पाउदा यस हावाले स्वदेश मात्रै नभएर प्रबास पनि प्रभाबित मात्रै बनेन आफनो मानो चामल, रोजिरोटि, परिवार र गुणात्मक जिबनयापनमा सघर्षरत साधारण प्रबासि नेपालिहरुमा समाजको अगुवा, सामाजिक सस्था, प्रबासमा पनि नेपालका राजनैतिक दलका प्रतिनिधिमुलक सस्था र जे जे नाममा खुलेका छन ति सबै प्रति बिरक्तिपन र बिस्वास गुम्न थाल्यो।

चिन्ता र समस्या खोरमा थुनिएका बाख्रा र कुखुरिहरु हराए भन्ने भन्दा पनि स्याल पल्क्यो भन्ने हो। आखिर यस्तो किन भयो त नेपालिले नेपालिकै बिस्वास गुम्ने? जबाफ एउटै छ, हामि बिस्वकै प्रजातान्त्रिक, मानब अधिकार, कानुन र अबसरको मुलुक अमेरिकामा बसेको घमण्ड गर्दा एउटा कुरा भुसुक्कै के बिर्सयौ भने आचरण ठाउ अनुसारको गर्न। अमेरिकामा बस्ने तर अभ्यास चाहि नेपाल कै। पत्रकारितामा हामिले तालिम लिदा र दिदा भन्ने गरेका थियौ समाचार त्यसबेला मात्रै बन्छ जब मानिसले कुकुरलाइ टोक्छ तर कुकुरले मानिसलाइ टोक्दा न त समाचार लेखनमा आश्चर्य हुन्छ न त पढ्नेले ध्यानपुर्बक नै पढिदिन्छन नै।

सात समुन्द्र पारि आएर गुणात्मक जिबनशैलि, अबसरको सदुपयोग र राम्रा कुराहरुलाइ नेपालसम्म पुर्याउने हाम्रा भाषणहरु तुहिन पुगे जब आफनो अधिकारको सरक्षण र वकालत गर्दा अरुको अधिकारलाइ चुर्लुम्मै पोखरिमा डुबाइदिऔ।

सकटमा सम्ययता र धैर्यता नहुदा ब्याक्ति, समाज र सस्थाले दुख पाउछ नै। सबै ठाउमा “मै खाउ मै लाउ सुखसयलमा” भन्दा सस्थामा बिग्रह निम्ते। नाक कान आखा मिलेका मात्रैलाइ हितैषि बनाउदा सस्था भित्रको बिधिले बिष पिउदा यसले निम्त्याएको परिणामले जग हसायो। छिमेकि र समाजले घरको मुलि, जेष्ठ सदस्य वा अभिभाबकलाइ नै नजर लगाउने हाम्रो प्राक्रितिक अभ्यास र सिदान्त हो भन्दा प्रजातन्त्रमा बिस्वास गर्ने कखरा सबैले मनन गरेकै मुल्य र मान्यता हुन। घर बिग्रे पनि घर सप्रे पनि जसअपजस घरमुलिकै हो भन्ने हामिले बुझैकै हो। घरमा बनेको कुराउनि, सख्खर, मज्जाले रातो बन्नाएर उमालेको दुध, घिउ, पन्चाम्रित सबैलाइ बाड्ने काम र बाकि रहेको आफुले खाने गतिलो घरमुलिको बिशेषता हो। अर्कोतिर घिउमा पकाएको पुवा खान नपाएको झोकमा घरमुलिलाइ कत्तिखेर कुन गौडामा चुट्ने र तह लगाउने भनेर गौडा कुरेर चुट्न तम्सेकाहरु पनि दुधले नुहाएका पक्कै नहुन सक्छन।

घरको भान्सा, भाग र तिउनतरकारि नपाएको झोकमा कन्ठि र ताप्के नै उचालेर मुखमा बजार्ने र छिमेकि गुहार्न जाने घरका सदस्यहरु सुन्दर घर निर्माणका हिमायति पक्कै होइनन। ब्यबसायिकता, नैतिकता, आचरणको प्रबचन दिएर भाड्भैलोमा उत्रेर साध सिमाना र घरमा सधै उधुम निम्त्याउन खप्पिस र सिपालु मुखहरु पनि सस्थाका हितैषि होइनन भनेर भने भयो। जोख्ने तुलोमा राख्दा उस्तै उस्तै तौलका दुइ पिडालु आकारमा उस्तै उस्तै छन। सस्थाका नाममा दुनियालाइ हसाएर बिज्ञप्ति र बिहान बेलुकै प्रचारबाजि गर्दासस्थाको हित र इमेज समाजमा गुमिरहेको जिम्मेवारि कसले लिने दिने? अमेरिकामा यसतै यस्तै छ सबै सस्थाहरुको हालत, एकले अर्कोलाइ देख्नै नसक्ने, राम्रो कामको प्रशशा गर्न नसक्ने, एकले अर्काको हैसियत स्वैकार नगर्ने, आफुलाइ अनुकुल भए र परे जिन्दाबाद, हनुमान बनिदिने र प्रतिकुल भए मुर्दाबाद र कदै छिनाल्न उद्दत हुने, र जसरि हुन्छ नकारात्मकताको बिजारोपण गरि फल खान तम्सेका प्राणिहरु कसरि समाजको अगुवा र प्रगतिशिल भए त? के आशा गर्ने नेपालि अमेरिकि समाज र आउदो पिढिले? यहि नै हो त नेपालि अमेरिकन समाजको माग र आबस्यकता र सम्बोधन हुनुपर्ने बिषयहरु? के महत्व र सन्देश नै दिन्छ र म्याराथनमा एक्लै दौडिएर प्राप्त गर्ने प्रथम पदकको? अनि कसले बिस्वास गर्छ यिनले बोलेका मात्रिभुमिका नाममा ओकलेका नक्कलि नारा र प्रतिबद्दता? प्रबासमा एक हुन नसक्नेले प्रबासमा बसेर मात्रिभुमि र प्रबासिको वकालत?

प्रतिक्रिया