अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियन नेपालीहरुबाट निर्मित “भाग सानी भाग ” चलचित्र प्रदर्शन हुने

इनेप्लिज २०७२ चैत २२ गते १६:३७ मा प्रकाशित

DSC03523-800x600-1

ए एण्ड एस इभेन्ट (A & S Event) क्यानबेराले पशुपतिप्रसादको अपार सफलतापछि अर्को नेपाली फिल्म भाग सानी भाग प्रदर्शनमा ल्याउने जनाएको छ । अष्ट्रेलिया डार्बिनका स्थायी नेपाली बासिन्दा विष्णु चापागाइँद्धारा निर्मित सो फिल्म क्यानबेरामा अप्रिल ६ तारीख बुधबार बेलुकीको शो गरिने ए एण्ड एस इभेन्टका सञ्चालक सुवास प्रसाइले बताएका छन् ।
नवल नेपालको निर्देशन रहेको भाग सानी भाग मा केकी अधिकारीले सानीको रोलमा ड्रिम गल्र्सको भूमिका निर्वाह गरेकी छिन् । नेपालको पश्चिमी भु भागको परिवेशको सामाजमा हुर्केकी केकी सानी र पूर्वेली गाउँले ठिटो सविन श्रेष्ठ देवलाई फिल्ममा कथा पात्र बनाइएको छ । सानी र देव अर्थात केकी र सविन को जीवनशैली नेपालको पश्चिमी संस्कृति रहनसहन र भेषभुषामा उतार्दै बाहुन वर्गको नेपाली परिवेशलाई पर्दामा दुरुस्त उतार्न खोजेका छन् फिल्मका निर्माता विष्णु चापागाईले भाग सानी भागमा ।

फिल्ममा बुबा आमाको ईच्छा विपरीत आफ्नो सपना पूरा गर्न केकीले गरेको सहास र त्यसमा आइपरेको कष्टकर आरोह अवरोहलाई चित्रण गरिएको छ । आफ्नो लक्ष्य र उद्देश्यमा हिड्दा मायाजालमा फसेकी केकी अर्थात सानी अन्त्यमा पूर्वेली गाउँघरको बुहारी बन्न सविनसँगै भाग्छिन् र बुनिएका सपना पूरा नभए पनि चोखो प्रेम सफल भएरै छोड्छ भन्ने सेरोफेरोमा फिल्मको वृत्तचित्र सकिन्छ । a n s event
वास्तवमा लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएको भए पनि आफ्नो मातृभूमि नेपाल र नेपाली समाजको चालचलनलाई सधैं आत्मसात गर्दै त्यही परिवेशलाई केकी सानी र सविन देव कथा पात्र द्धारा भाग सानी भाग फिल्लमा उतार्न सफल भएका छन् सो चलचित्रका निर्माता विष्णु चापागाई । यतिबेला विष्णु चापागाई जस्तै विदेशिएका नेपालीहरु अझ विशेषगरी क्यानबेरा र क्वीनवियनका नेपालीहरुले एकपटक नछुटाई हेर्नैपर्ने देखिन्छ ।
विविध कारणवश नेपाल बाहिर रहनुपरे पनि आफ्नो मातृभूमि नेपाल र नेपाली समाजको परिवेशको कथावस्तुलाई भाग सानी भाग मा उतारिएकोले सो फिल्मलाई माया गर्दै नेपाली फिल्महरु हेर्ने बानी बसाल्न ए एण्ड एस इभेन्टका सञ्चालक सुवास प्रसाइले अष्ट्रेलिया क्यानबेरा र क्वीनवियनका नेपालीहरुलाई अनुरोध समेत गरेका छन् ।
भाग सानी भाग नेपाली चलचित्र अष्ट्रेलियाको क्यानबेरामा अप्रिल ६ तारीख बुधबार बेलुकी ६.१५ को शो क्यापिटल सिनेमा हल मानुकामा हुदैछ ।
भाग सानी भाग को प्रदर्शनी लगत्तै (A & S Event) ले ड्रिम्स, नाई नभन्नु ल नेपाली फिल्महरु प्रदर्शनीमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

sani bhag

प्रतिक्रिया