अनेसास नवरत्न महिला तथा डायस्पोरा बालपुरस्कार समर्पण समारोह सम्पन्न

इनेप्लिज २०७२ चैत २१ गते १९:३० मा प्रकाशित

1

ज्याक्सन, न्यूयोर्क ।

नेपाली भाषासाहित्य, कला, संस्कृति तथा अन्य विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु हुने महिलाहरुलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिबाट पहिलो पटक नौवटा अनेसास नवरत्न तथा सातवटा डायस्पोरा बालप्रतिभा पुरस्कार समर्पण समारोह आज अप्रिल २, २०१६ का दिन न्यूयोर्कको ज्याक्सन हाइटसमा सुसम्पन्न भयो ।

उक्त समारोहमा पुरस्कृत हुुनुहुने नारीरत्नहरुमा वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल, नेपाल, नृत्य क्षेत्रमा पहिलो विद्यावारिधि प्राप्त गर्ने वरिष्ठ नाट्य निर्देशक बेटी बज्राचार्य, नेपाल, वरिष्ठ आख्यानकार विन्द्या सुव्वा, भारत, समाजसेवी डा. विष्णुमाया परियार, साहित्यकार ज्योति पौडेल, न्युयोर्क, वरिष्ठ समालोचक लीला लुइटेल, नेपाल, गायिका पविता परियार, न्युयोर्क, व्यवसायि सूर्य महर्जन, न्यूयोर्क, गायिका कलाकार यशोदा खालिङ राई न्युयोर्क हुनुहुन्छ ।

6

त्यसैगरि सातवटा अनेसास बालप्रतिभा पुरस्कार प्राप्त गर्नु हुनेहरुमा कवि–कलाकार विवेचना निरौला, भर्जिनिया, कलाकार विभूषा विष्ट, न्युयोर्क, कलाकार क्रिष्टल थापा, न्युयोर्क, गायिका मिलि श्रेष्ठ, न्युयोर्क, लेखिका–कवि प्रिया सुवेदी, मेरिल्याण्ड, कलाकार शलिना श्रेष्ठ र कलाकार जारा प्रसाई हुनुहुन्छ ।

अनेसास बि.ओ.टीका सह–अध्यक्ष तथा महिला समितिको संयोजक गीता खत्रीको सभापतित्वमा सम्पन्न उक्त पुरस्कार समर्पण समारोहको प्रमुख अतिथिमा महावाणिज्यदूत श्री नारायणप्राद मैनाली हुनुन्थ्यो तथा विशेष अथितिहरुमा वाणिज्यदूत श्री कृष्सु क्षेत्री, उपवाणिज्यदूत श्री प्रविन भट्टराई, संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी, अनेसास केन्द्रीय अध्यक्ष श्री पदम विश्वकर्मा तथा अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

2

समारोह प्रमुख अतिथि तथा संयोकजबाट संयुक्त रुपमा पानसमा बत्ती बालेर आरम्भ भएको थियो । नेपाली राष्ट्रिय गान सामुहिक रुपमा तथा अमेरिकी राष्ट्रय गीत मिलि श्रेष्ठले गाएर कार्यक्रमलाई अगाडि बढाइएको थियो । आगन्तुक पाहुनाहरुलाई स्वागत अनेसास न्युयोर्क च्याप्टर अध्यक्ष श्री राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो भने पुरस्कारको बारेमा छोटकरी जानकारी अनेसास केन्द्रीय उपाध्यक्ष राम खत्रीले दिनु भएको थियो ।

10

अनेसास नवरत्न पुरस्कार, पुरस्कार बिजेता, तथा प्रायोजकहरु ,अनेसास नवरत्न ज्ञानुदेवी उपाध्यय पुरस्कार, बिजेता ज्योति पौडेल, प्रायोजक – सुनिता शर्मा ,अनेसास नवरत्न दया शाह पुरस्कार बिजेता बसुन्धरा भुसाल प्रायोजक – अनु शाह,अनेसास नवरत्न उत्तम नेपाली पुरस्कार बिजेता लीला लुइटेल प्रायोजक – ममता कर्माचार्य,अनेसास नवरत्न धनदेवी पुरस्कार बिजेता पविता परियार प्रायोजक – शकुन्तला ज्ञवाली,अनेसास नवरत्न पुनम काफ्ले पुरस्कार बिजेता विन्द्या सुव्वा प्रायोजक – पुनम काफ्ले ,अनेसास नवरत्न दान बहादुर थापा पुरस्कार बिजेता डा. बेटी बज्राचार्य प्रायोजक – कुन्ति थापा ,अनेसास नवरत्न बिमला चाम्लिङ पुरस्कार बिजेता सूर्य महर्जन प्रायोजक – दीपा राई पुन ,अनेसास नवरत्न कृष्ण तथा राजकुमारी श्रेष्ठ पुरस्कार बिजेता डा. विष्णुमाया परियार प्रायोजक – लक्ष्मी श्रेष्ठ ,अनेसास नवरत्न पदम विश्वकर्मा पुरस्कार बिजेता यशोदा खालिङ राई प्रायोजक – पदम विश्वकर्मा ,अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार, पुरस्कार बिजेता, तथा प्रायोजकहरु स्(,अनेसास मन्दिरा डायस्पोरा बालप्रतिभा पुरस्कार, बिजेता –बिबेचना निरौला, प्रायोजक – ममर्ता कर्माचार्य,अनेसास पदिता–कालीभक्त डायस्पोरा बालप्रतिभा पुरस्कार, बिजेता –बिभूषा विष्ट, प्रायोजक – महेश्वर पन्त,अनेसास भिमप्रसाद हरिमाया डायस्पोरा बालप्रतिभा पुरस्कार, बिजेता –शलिना श्रेष्ठ, प्रायोजक – विजया सिम्खडा,अनेसास उमाकान्त चिनुमाया डायस्पोरा बालप्रतिभा पुरस्कार, बिजेता – शलिना श्रेष्ठ, प्रायोजक – शान्ताघिमिरे अधिकारी ,अनेसास लालविक्रम डायस्पोरा बालप्रतिभा पुरस्कार, बिजेता – मिलि श्रेष्ठ प्रायोजक – अनु शाह,अनेसास शारदादेवी चन्द्रमाया डायस्पोरा बालप्रतिभा पुरस्कार, बिजेता –प्रिया सुबेदी, प्रायोजक र्– बिमला निरौला ,अनेसास राजेन्द्र इरिना डायस्पोरा बालप्रतिभा पुरस्कार, बिजेता – जारा प्रसाई, प्रायोजक – राजेन्द्र श्रेष्ठ

3

उक्त अवसरमा लामो समयदेखि कुटनैतिक सेवामा कार्यरत महावाणिज्यदूत श्री नारायणप्रसाद मैनालीज्यू र उपवाणिज्यदूत श्री प्रविन भट्टराईज्यूले नेपाली समुदायलाई पु¥याउनmु भएको सहयोग र योगदानका निमित्त सम्मान गरिएको थियो । त्यसैगरि कवि विमला निरौला र साहित्यकार रजनी श्रेष्ठलाई अनेसास डायस्पोरा सम्मानपत्र प्रदान गरिएको थियो ।

समारोहमा पुरस्कार विजेताहरु तथा प्रायोजकहरु सबैले आआप्mनो मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा गीतकार अनु शाहको सि.डी जे गरे नि हुन्छ को बिमोचन पनि गरिएको थियो । समारोहमा अनेसास संस्थापक होमनाथ सुबेदी, वाणिज्यदुत कृसु क्षेत्री, कलाकार ज्योतिकुमार श्रेष्ठ, प्रमुख अतिथि श्री नारायणप्रसाद मैनालीज्यु सबैले आआप्mनो मन्तव्य र शुभकामना व्यक्त गर्नु भएको थियो । पुरस्कार छनौट समितिमा अनेसास महिला समिति संयोजक गीता खत्री, अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली तथा केन्द्रीय महासचिब गोवर्धन पुजा रहनु भएको थियो ।

कार्यक्रम संचालन अनेसास न्युयोर्क च्याप्टरकी महासचिव शकुन्तला ज्ञवाली तथा महिला समितिकी सदस्य विमला निरौलाले संयुक्त रुपमा संचालन गर्नु भएको थियो ।4

प्रतिक्रिया