बाल्टिमोरमा थकाली समाजको “तोरन्ल्ह पर्ब” भब्यताका साथ सम्पन्न

इनेप्लिज २०७२ चैत २१ गते १५:५६ मा प्रकाशित
IMG_0433

शेरचन, गौचन, तुलाचन, भट्टचन (थकाली समाज) को बर्षकै सबैभन्दा ठुलो पर्ब “तोरन्ल्ह” अमेरिकाको बाल्टिमोर शहरमा भब्यताका साथ सम्पन्न भएको छ l तामांग, शेर्पा, गुरुङ ले “ल्होशार” मनाए जस्तै थकाली जातीले तोरन्ल्ह मनाउने गर्दछन् l र थकालीको यो तोरन्ल्ह चाड फागु पुर्णिमाको दिनमा पर्दछ l तर होली भने खेल्दैनन् lकम जनसंख्याको भए पनी, नेपालको राजनितीमा रास्ट्रिय स्तरमा पुगि रहने यो थकाली जातीका गणतान्त्रिक सरकारका पूर्व उप प्रधानमन्त्री अमिक शेरचन, पंचायती सरकारका मंत्रीहरु ,भिम प्रसाद गौचन/ओमकार प्रसाद गौचन/रोमियो गौचन र ज्ञानेन्द्र सरकारका मंत्री जगत गौचनका पारिबारिक सदस्यहरु कार्यक्रममा सहभागी थिए l

अप्रिलको २ तारिख शनिबारका दिन बिहान ८ बजे देखी मध्य रातको १२ बजे सम्म आयोजना गरिएको यो थकाली तोरन्ल्ह-कार्यक्रममा बिहानै भरमन्ट देखी आएका गोबिन्द शेरचनबाट थकाली भाषामा पितृ पुजा तथा अन्तरक्रिया आदि ईत्यादीको आन्तरिक-कार्यक्रम साँझ ७ बजे देखी अन्य सबै जातीको लागी खुल्ला गरिएको थियो l

IMG_0424

दिनभरको कार्यक्रममा थकाल्नीहरुले पकाएको “सारै मिठो” खाजा ,लन्च र डिनरको ब्यबस्था गरिएको थियो l हिमाल पारी मुस्तांगको फापरको पिठो र टिम्मुरको छोप् लाई खसीको मासुमा मिलाएर बेग्लै तरिकाले उमालेर पकाएको (थकालीले मात्रै बनाऊन जान्ने) मिठो “टुंग, काटुंग, किन्जे (घिंटी)” नाम गरेको थकाली परिकार बाल्टिमोरका सबै नेपालीले चाख्न पाए l  सबैभन्दा पहिला नेपाली कांग्रेसको भात्री संगठन जन सम्पर्क समिती-अमेरिकाका तरुण पौडेलले चाख्न अतिथि भए l बाल्टिमोरकी जेनी तुलाचनले सत्कार स्वरुप दिएको थकाली परिकार काटुंग खाँदै तरुण पौडेलले थकालीको खानाको प्रशंसा गरे l

थकालीलाई ६५ डलर र अन्य जातीलाई २५ डलर तोकिएको थकाली खाना खानको लागी साँझ ७ बजे पछी लामो लाईन लागेको थियो l स सुल्क बार को पनी ब्यबस्था थियो l डिनर शुरु गरे लगत्तै नेपालका रास्ट्रिय स्तरका कलाकारहरुको रमाईलो दोहोरी गीत र नौमती बाजाको तालमा उपस्थित सबैजना नाचेका थिए l सांस्कृतिक कार्यक्रम रातिको १२ बजे सम्म चलेको थियो l

IMG_0429

भर्जिनिया, म्यारिल्याण्ड, वाशिंगटन डिसी, पेन्सिल्भानिया, न्युजर्सी, न्युयोर्क, बोस्टन, टेक्सास, भरमन्ट राज्यहरुबाट आफ्नै गाडीमा, कोही १८ / १८ घण्टा बस-यात्रा गर्दै र कोही हवाईजहाज-यात्रा गर्दै थकालीहरु बाल्टिमोरमा जम्मा भएका थिए l  बाल्टिमोरमै यस अघी आयोजना गरिएको थकाली तोरन्ल्ह तत्कालिन नेपाली राजदुत डा० शंकर शर्माको प्रमुख आतिथ्यमा भब्य भएको थियो l यसपाली भने नेपाली दुतावासबाट कसैको उपस्थिति देखिएन र स्थानीय बाल्टिमोरबासी महा-बाणिज्यदुत प्रेमराजा महत पनी थकाली तोरन्ल्हमा देखिएनन् l

IMG_0450

दुतावास श्रोतका अनुसार अप्रिल २ तारिखकै लागी अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष खेम भट्टचनको अनुरोधमा “म पक्का आउछु ” भनेर मैले खेम भट्टचनलाई बचन दिएको थिएँ , खोई त निम्तो-पत्र र जिपिएसमा हाल्ने ठेगाना केही पठाएनन् त आयोजकले ? अमेरिकाका बिभिन्न राज्यहरुबाट आउनु भएका नेपाली दाजुभाईहरुसंग चिनाजान गर्न मेरो पनी ईच्छा थियो राजदुत डा अर्जुन कुमार कार्कीले भन्नुभयो l

IMG_0419

बाल्टिमोर शहरको पहिलो नेपाली रेस्टुरेन्ट कुमारी रेस्टुरेन्टका मालिक बुद्धी शेरचन, बाल्टिमोरका नेपालीहरुको छाता संगठन “बाना” का पूर्व उपाध्यक्ष ओम तुलाचन, ई० मनोज भट्टचन, गगेंद्र गौचन, होम कुमारी तुलाचन, जेनी तुलाचन, बन्धन शेरचन, सरोज गौचन, गोपाल तुलाचन, भुपिन शेरचन, सुफल गौचन, अमिक शेरचन-सुपुत्र श्रमिक शेरचन लगायतका थकालीहरुको आयोजक समितीको आयोजनामा तोरन्ल्ह सम्पन्न भएको हो l

IMG_0440

IMG_0438

IMG_0421

IMG_0408

IMG_0422 IMG_0419 IMG_0413 IMG_0412 IMG_0410 IMG_0409

 

प्रतिक्रिया