रेडियो नेपालको रास्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता अमेरिकाकी रोबिनाले गाएको गीतको रचना उत्कृस्ट

इनेप्लिज २०७२ चैत २१ गते ११:१२ मा प्रकाशित

robina5

रेडियो नेपालको ६६ औँ वार्षिकोत्सवको अवसरमा यहि सप्ताह मात्रै राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता सम्पन्न भएको छ। पाँचै विकास क्षेत्रमा रहेका रेडियो नेपालका क्षेत्रीय प्रसारण केन्द्रबाट छनोट भएर आएका ४६ र काठमाडौँबाट छनोट भएका २१ जनाबीच गत बिहीबार र शुक्रबार प्रतिस्पर्धा भएको थियो। पहिलो पल्ट काठमाडौँ बाहेक अन्य सहरहरुमा समेत कलाकारहरु छनौट गरेको जानकारी रेडियो नेपालले दिएको छ। सम्भवत पहिलो पल्ट बिदेसमा बस्ने एउटा कलाकारले समेत यो अतिनै गरिमामय प्रतियोगितामा सहभागिता हुने अवसर प्राप्त गरेको थियो।

robina3
यस बर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा आफ्नो बाल्यकाल देखिनै अमेरिकामा सपरिवार बस्दै आएकी र करिब एक दसक पछि आफ्नो कलेजको शिक्षा सकेर नेपालमा पारिवारिक भ्रमणमा गएकी टेक्सास की रोबिना रायमाझीले आफ्नो सहभागिता मात्र जनाइनन उनि तेश्रो स्थान समेत ल्याउन सफल भएकी छिन। जुन एउटा उदाहरणीय र प्रसंसनिय कार्य बनेको छ , धेरैको सोच अनुसार बिदेसमा हुर्केका नानीहरुले आफ्नो भाषा, संस्कृति र कलाकारितालाई भुलेर पश्चिमी संस्कृतिलाई अँगाल्छन भन्ने जुन धारणा छ त्यसलाई गलत साबित गर्दै हालसालै थुप्रै उदियमान कलाकारहरु, साहित्यकारहरु बिदेसमा रहेर अपनी योगदान पुर्याई रहेका छन्। त्यसै गायन प्रति एउटा ज्वलन्त उदाहरण हो रोबिना रायमाझी। प्रकट पगेनी शिवजीको शब्द रचना , रबिन्द्र रबिन्द्र रायमाझीको संगीत रहेको उक्त गीत गायन तर्फ तेश्रो भएपनि प्रकट पगेनी को शब्द रचना यसबर्षको उत्कृष्ट भएको छ।

robinas
उक्त बार्षिकोत्सवको अवसरमा आयोजित गरेको राष्ट्रव्यापि आधुनिक गीत प्रतियोगीतामा पुरस्कृत रचना,संगित र गायनतर्फका कलाकार, तथा श्रष्टालाईसम्मान तथा पुरस्कार र रेडियोमा २५ वर्ष सेवा प्रदान गर्नुहुने कर्मचारीलाई दीर्घसेवापदक प्रदान गरिएको थियो।
हरेक बर्ष हुने रेडियो नेपाल द्वारा आयोजित देश ब्यापी संगीत प्रतियोगितामा बरिष्ठ संगीतकार टिका भण्डारी लगायत बरिष्ठ गीतकार दिनेश अधिकारी, गायिका कुन्ती मोक्तान, संगीतकार भुपेन्द्र रायमाझी, सुरेश अधिकारी, र पारस मुकारुङ्ग रहेका थिए।

robinas1
यस प्रतियोगिताको निर्णायक रहेको जानकारी गराउदै आफ्नो फेसबुक मा बरिष्ठ संगीतकार टिका भण्डारी लेख्छन “यहि प्रतियोगीताबाट छानिएका हुन् नारायण गोपाल, प्रेमध्वज प्रधान,तारादेवी, दीप श्रेष्ठ र भक्तराजहरु । भण्डारी लगायत यस प्रतियोगिताका निर्णायक हरुमा थिए।

robinas2
यहि प्रतियोगीताबाट उदाएका हुन् रामकृष्ण ढकाल, एम बराल र राजेश पायल राई र कुबेर राईहरु, यहि प्रतियोगीताका उपज हुन् शिव परियार, अन्जु पन्त र नीशा देशारहरु, चाहे नेपाली संगीतका शम्भुजित बास्कोटा, न्ह्यु बज्राचार्य, टीका भण्डारी, सुरेश अधिकारी र सचिन सिंहहरु हुन् केवल यसकै योगदान हुन् ।

त्यसले होला हरेक बर्ष सम्पन्न हुने यस रास्ट्र ब्यापी खुला आधुनिक गीत प्रतियोगितामा सहभागिता हेने कलाकारहरु निक्कै मेहनत गरेर आउने गर्छन र एकपल्ट यस प्रतियोगीतामा छनौट भएका गायक या गायिकाहरुले कहिलै संगीतको क्षेत्रमा पछाडी फर्केर हेर्नु परेको छैन । उनीहरुको सधै स्थापित र सम्मानित कलाकारको रुपमा आफ्नो गायन पेसालाई अघि बडाउन सफल भएका छन्।

अमेरिकाबाट गएर नेपालको रेडियो नेपालले योजना गरेको रास्ट्र ब्यापी खुल्ला गीति प्रतियोगिता जस्तो कार्यक्रममा तेश्रो स्थान ल्याउन सफल भएकि रोबिना रायमाझी धेरैको प्रेरणा को श्रोत बन्नेछिन। र आसा गरौ आउदो दिनहरुमा बिदेसमा हुर्कदै गरेका कलाकारहरुले पनि नेपालमा गएर आफ्नो कला र संस्कृति को बिकाशमा योगदान पुर्याउन सकुन। यहि सुभकामना छ रोबिना रायमाझी र अन्य उदियमान कलाकारहरु लाई अमेरिकामा रहेको हामि सम्पूर्ण नेपाली समुदायको तर्फ बाट।

प्रतिक्रिया