फुलको आँखामा फूलै संसार गितले मलाई पप स्टार बनायो : आनी छोइङ

इनेप्लिज २०७२ चैत २१ गते ३:०२ मा प्रकाशित

IMG_8458

ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङले वाशिंगटन डिसी स्थित लिस्नर सभा मण्डपमा बेजोड प्रस्तुति गरेकी छिन् l गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुनाइन्टरनेसनलको मुख्य आयोजनामा गरेको कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ l कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जून कूमार कार्किको साथै बिदेशी दर्शकहरु उनको प्रस्तुति हेर्न भनि आएका थिए ।

कार्यक्रम हेर्न व्यस्त समयको बाबजुद पनि समय व्यवस्थापन गरि परिवार ,बालबच्चा सहित भर्जिनिया ,डिसी म्यारिल्याण्ड,पेनसेलभानिया ,न्युयोर्क तथा अन्य राज्यहरुबाट पनि नेपाली समुदायहरु आएका थिए l कार्यक्रम ठिक ७ बजे सुरु भएको थियो भने आनी छोइङ डोल्माले बौद्ध मन्त्र तथा आध्यात्मिक गीत सुनाएकी थिईन l

IMG_8451

आनीले उनका लोकप्रिय गितहरु बटुवा हो बटुवा ,जय होस् तिम्रो मंगल होस् , ओम माने पेमे ,ओम तारे ,हुन्छ मलाई बिहान त्यो क्षण ,ईक्षा मेरो ,हे भगवान ,लोक लय भाकाको गित आदि प्रस्तुत गरेकी थिइन् l

उनले मन्त्र तथा गित गाउनु अगाडी गित तथा मन्त्रको अर्थ बिदेशी दर्शकलाई बताएकी थिइन् l धेरै गित र मन्त्र प्रस्तुति गरि सके पछि उनले भनिन साना बच्चा देखि सबै उमेरकाले मन पराएको गित फुलको आँखामा फूलै संसार गित दर्शक माझ प्रस्तुत गरिन l

IMG_8482

उनले यो गित गाउनु अघि यो गितले मलाई पप स्टार बनायो भनिन l उनले अगाडी भनिन आफु बुद्ध धर्मको मान्छे पप स्टार नामले चिनिए भन्दै कस्तो विरोधाभास कुरा त भएन भनि ठट्टा गरिन र दर्शकले मनोरंजन माने l

फुलको आँखामा फूलै संसार गित संगीतकार न्हू बज्राचार्यलाई सुरु गर्न आग्रह गरे पछि उनले सुरुवात गरेका थिए भने पछि उनले गाएकी थिइन् l दर्शकलाई पनि साथ दिन आग्रह गरे पछि दर्शकले न्हू बज्राचार्य तथ् आनी छोइङ्गको स्वरमा स्वर मिलाएका थिए l

IMG_8472

बिदेशी दर्शकलाई मन्त्र र अध्यात्मिक कुराहरु सम्झाउदै संगीतको लयमा बिरुवा पनि झाङ्गिञ्छ भन्दै नेपाली गित नबुझे पनि लयमा आनन्द लिनु भन्दै गीत गाएकी थिइन् l आनी छोइङ्ग गत मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन l उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाएकी थिइन् l

कार्यक्रममा स्वागत नविना वस्नेत उप्रेतिले गरेकि थिईन भने सगून डटकम तथा गोर्खालि फ़ाउन्डेशनका प्रतिनिधिले वोलेका थिए ।

IMG_8476

IMG_8469 IMG_8468 IMG_8463 IMG_8462 IMG_8459

प्रतिक्रिया