जापानमा एकै दिन ९ लाखलाई रोजगारी

इनेप्लिज २०७२ चैत २० गते १०:३१ मा प्रकाशित

Japan-Airliance (1)

जापानमा शुक्रबार एकै दिन ९ लाख १० हजार जनाले नयाँ रोजगारी पाएका छन् ।हालै विभिन्न विश्वविद्यालय तथा विद्यालयको पढाई पुरा गरेका ९ लाख १० हजार युवा जापानीहरुले शुक्रबार जीवनकै पहिलो रोजगारी पाएका हुन् । विश्वविद्यालयबाट दिक्षित भएका युवा मध्ये २,२३९ जनालाई टोयटा कम्पनीले मात्रै एक पटकमा रोजगारी प्रदान गरेको छ । जुन गत वर्षको तुलनामा ७३५ जना बढी हो ।

नयाँ कामदारहरुको स्वागतको लागि टोयटा कम्पनीको मुख्य कार्यालय आइची केनमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै टोयटाका प्रमुख अकियो टोयोदाले टोयटा कम्पनी विश्वको सबैभन्दा उत्कृष्ट कम्पनी भएकोले यसलाई अझ अगाडी बढाउन र यसको साख बचाइराख्न नयाँ कामदारले पनि उत्कृष्ट र उल्लेखनिय प्रदर्शन गर्नेमा आफु आशावादी रहेको बताए । नेपालजापान डटकमले समाचार छापेको छ l

५०० भन्दा वढी रोजगार प्रदायक कम्पनीहरुले शुक्रवारका दिन युवालाई नयाँ अवसर दिलाए । यसरी नयाँ रोजगार दिने कम्पनीहरुमा निसान, जापान एयरलाईन्सले कार्यक्रमलाई भव्यता पूर्वक मनाएका थिए । कालो सुटमा भेला भएकाहरुले शुक्रवारलाई आफनो जिवनकै महत्वपूर्ण दिनका रुपमा मनाउने बताएका थिए । सो अवसरमा नयाँ कामदारहरुले कम्पनीको काममा लगाव दिने विचार व्यक्त गरेका थिए ।

New-Requit

त्यस्तै जापानको अर्को प्रख्यात पानासोनिक कम्पनीले ६६९ जना नयाँ कामदारलाई रोजगारी दिएको छ । यो कम्पनी जापानको प्रमुख विद्युतीय सामाग्री उत्पादक गर्ने कम्पनी हो । ओशाकामा अवस्थित कम्पनीले पनि नयाँ कामदारहरुलाई स्वागत गर्ने क्रममा सन् २०१८ सम्ममा १० खर्ब येनको कारोबार गर्ने कम्पनीको लक्ष्यमा नयाँ कामदारहरुको भूमिका महत्वपूर्ण रहने बताए । यसैगरि जापानको सरकारी विमान सेवा जापान एयरलाइन्सले ५ सय जनलाई रोजगारी दिएको छ । जापानमा हरेक वर्षको अप्रिल १ लाई युवा युवतीहरुले औपचारिक रुपमा पहिलो रोजगारी शुरु गर्ने दिनका रुपमा मानिन्छ ।

 

प्रतिक्रिया