प्रत्यूषाका ब्वाईफ्रेण्ड पक्राउ, आत्महत्याको बयानले प्रहरी नै छक्क

इनेप्लिज २०७२ चैत २० गते १०:२० मा प्रकाशित

Obama-xi-modi-768x415

मुम्बई । आत्महत्या गरेकी टेलिभिजन कलाकार प्रत्यूषा बनर्जीका ब्वाईफ्रेण्ड राहुल राज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चर्चित टेलिश्रृखला ‘बालिका बधु’की आनन्दी भनेर चिनिएकी २४ वर्षीया प्रत्यूषा शुक्रबार अपराह्न आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी मृत फेला परेलगत्तै उनका ब्वाईफ्रेण्ड राहुल सम्पर्कविहिन थिए । राहुलले प्रत्यूषाको मोबाइल पनि लगेर फरार भएका थिए । उनलाई प्रहरीले २४ घण्टापछि शनिबार दिउँसो पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीलाई दिइएको सनसनीपूर्ण बयानः पक्राउ परेका राहुलले प्रत्युषाको आत्महत्याबारे सनसनीपूर्ण बयान दिएका छन् ।

rahul2 समाचार अनुसार उनले भनेका छन्- म साँझ करिब साढे चार बजे काम सकेर घर पुगेको थिए । दुई कोठा भएको त्यो घरमा एउटा कोठाको चाबी मसँग थियो र अर्काे प्रत्यूषासँग थियो । जब म दोस्रो कोठाभित्र पसे तब प्रत्युषालाई पंखामा झुण्डिएको पाए । म एकदमै डराए । मैलै छिमेकीको सहयोगमा प्रत्यूषालाई पंखाबाट तल झारे र हामीले उनलाई नजिकैको अस्पताल कोकिलाबेन लग्यौ । हामी उनी जिवितै हुनेछिन भन्नेमा विश्वस्त थियौ । म यति धेरै डराएको थिए र तनावमा पनि थिए । यसैकारण मैले प्रहरीलाई जानकारी नदिएको हुँ । कोकिलाबेन अस्पतालका डाक्टरहरुले भने की प्रत्युषा रहिनन्, त्यसपछि मैले केही साथीहरु र प्रत्युषाका परिवारलाई यो खबर बताए । यो खबरको अस्पताल प्रशासनले अन्तिममा प्रहरीलाई बताएको थियो । राहुलले यस्तो बयान दिएपनि प्रत्यूषाको शरीरमा चोटको निशान देखिएको र हत्या भएको हुनसक्ने अनुमान गरिएको छ भने उनका परिवारले हत्या नै गरिएको दाबी गरेका छन् । प्रहरीले ब्वाईफ्रेण्ड राहुललाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया