समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खला –२

इनेप्लिज २०७२ चैत २० गते १:४९ मा प्रकाशित

ambika adhikari

अम्विका प्रसाद अधिकारी अमेरिकामा आउने नेपालीहरुमा पहिलो पुस्ताको व्यक्तित्व हुनुहुन्छ् । सन् १९७८ मा अमेरिकामा अध्ययनका लागि आउनु भएका अधिकारीले सन् १९८६ मा दोश्रो पटक पिएचडी उपाधिको लागि अमेरिका आउनु भएको थियो । उहाँले सन् १९९१ मा शहरी योजनामा हावर्ड युनिभर्सिटीवाट पिएचडीको उपाधि हासिल गर्नु भएको हो । उहाँको उपाधि “शहरी योजना तथा नमूना ” मा भएको हो । अमेरिकाको एरिजोनाको टेम्पेमा रहेको एरिजोना स्टेट युनिभर्सिटीमा अध्यापन तथा अनुसन्धान गर्दे आउनु भएका अधिकारी गैरआवासीय संघमा पनि सक्रिय हुनुहन्छ । आफना कुराहरुलाई स्पष्ट राख्नु हुने अधिकारी अमेरिका पढेर नेपाल फर्किएर अन्र्तराष्ट्रिय प्रकृति संरक्षण कोष – आयुसिएनको देशीय प्रतिनिधीको रुपमा समेत काम गर्नु भएको अनुभव छ । सन् २००० देखि उहाँ अमेरिकामा वसोवास गर्दे आउनु भएको छ । उहाँले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता सम्वन्धि प्रारुप तयार पार्ने क्रममा पनि समन्वय गर्नु भएको थियो ।

Madhukar Adhikari_final
समृद्ध नेपालको सपना : प्रवासी नेपालीको चाहना श्रृङ्खला– २ मा अधिकारीसँग मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु :

तपाईले प्रवासी जीवन विताउनु भएको कति वर्ष भयो ?
खासमा भन्ने हो भने म अध्ययनको सिलसिलामा सन् १९७८ मा नै अमेरिका आएको हुँ , तर अध्ययन सकेर नेपाल गएर काम गरे । पछि सन् १९८६ मा पिएचडिको लागि अमेरिका आएको हुँ । यसरी अध्ययनको क्रममा आउने जाने भईरहयो तर सन् २००० देखि निरन्तर अमेरिकामा वस्दै आएको छु ।

तपाईको विज्ञता र कामको प्रकृतिको वारेमा कसरी जान्न सकिन्छ ?
हेर्नोस मेरो काम भनेको शुरुमा म आर्टिटेक्ट ईन्जिनियर नै हो । तर यसमा पछि मैले शहरी योजनाको वारेमा अध्ययन गरेको हुँ । खासमा संक्षिप्तमा भन्नुपर्दा, शहरी योजना दुई तरिकाले गर्न सकिन्छ । पहिलो, कुनै नयाँ ठाउँ छनौट गरेर त्यसलाई शहरको रुपमा अवधारणा वनाउने र पूर्वाधार त्यही अनुसार वनाउने । दोश्रो, भईरहेको शहरमा जनघनत्वको वृद्धि र नागरिकको आवश्यकताका आधारमा नयाँ योजनाका साथ भवन, आवास, कार्यालय,यातायात र आवासको लागि चाहिने आवश्यक विषयमा सुधार गर्दे लैजाने । यसमा म अर्को जोडन चाहन्छु, खासमा विश्वमा शहर तर्फ जाने मानिसहरुको संख्या हरेक वर्ष वढदो छ । सन् २००८ मा पहिलो पटक विश्व भरि नै शहरी क्षेत्रमा वसोवासमा गर्ने जनसंख्या ५० प्रतिशत नाघेको हो । तर विकसित देशहरुमा यसको प्रतिशत अलि वढी छ । जस्तो अमेरिकामा ८५ प्रतिशत रहेको छ भने सिंगापुरलाई शत प्रतिशत मानिन्छ । स्वीडेनमा ८६ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा वसोवास गर्छन् ।

तपाईको विचारमा नेपाललाई एउटा समृद्ध देश वनाउन विषयगत रुपमा कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ?
कुनै पनि देशलाई समृद्ध वनाउने भनेको त्यो देशको आर्थिक नीति ,औद्योगिकीकरण र व्यवसाय नै हो । यसलाई हामी आर्थिक वृद्धिको ईन्जिनको रुपमा पनि लिन्छौं । अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने एउटा मात्रै ठूलो शहर छ, काठमाण्डौं त्यसमा ३० लाख मानिसहरु वसोवास गर्छन् । त्यही एउटा शहरले कूल गार्हस्थ उत्पादनमा एक तिहाई सम्म योगदान दिएको छ । त्यस्ता शहर अरु दुई चार वटा वनाउन सक्ने हो भने रोजगारीको अवसर सृजना हुने र एक अर्कामा सडकको सञ्जालले जोडन सक्छ । जुन ठाउँमा शहर वस्छ त्यो ठाउँको वरिपरिका क्षेत्रमा आफै उत्पादनका साधनले वजार पाउने ,आवासीय प्रयोजनको लागि भवन निर्माण हुने देखि हरेक क्षेत्रमा त्यसले विकसित हुने अवसर पाउँछ ।

प्रवासी भूमिवाट नेपालमा देख्नु भएको चार समस्या के के छन् ? यी समस्या समाधानको उपाय के हुन्छ जस्तो लाग्छ ?
मेरो विचारमा सवैभन्दा पहिलो कुरा हामी राजनीतिक रुपमा सार्वभौमसत्ता सम्पन्न मुलुकको रुपमा स्थापित भएका छौं,त्यसैले अवका दिनमा आर्थिक रुपले पनि सार्वभौम हुनु परयो । हाम्रा नीति नियम र आवश्यकताका वस्तुहरु जुनकुनै ठाउँवाट लिन सक्ने हुनुपरयो । त्यो अव सैद्धान्तिक रुपमा मात्र होईन की व्यवहारिक रुपमा पनि आवश्यकता छ ।
म एउटा सानो उदाहरण दिन्छु, अमेरिका र क्यानाडाको वीचमा सामान्य डकुमेन्टको आधारमा आवागमन गर्न पाईन्छ । तर, क्यानाडा अमेरिकामा भन्दा जनसंख्या देखि हरेक कुरामा सानो छ । क्यानाडाले आफनो देशमा आउने सामानहरुमा लगाउने कर अमेरिकामा भन्दा निकै महंगो छ, उदाहरणको लागि पेय पदार्थमा उसको चर्को अन्तशुल्क छ । त्यसवाट उसले जनताको सामाजिक दायित्वमा खर्च गर्ने रकम संकलन गर्न सफल भएको छ । त्यसैले पहिलो कुरा त नेपालमा स्वतन्त्रता पूर्वक आर्थिक नीति नियमहरु वनाउन सक्नु परयो या पाउनु परयो ।
दोश्रो ऊर्जाको समस्या हो, अहिले हामी सयको अंकमा अर्थात आठ,नौ सय मेगावाटको उत्पादनमा रहेका छौं । गुजरातमा एउटै सोलार प्लान्ट नौसय मेगावाटको छ ।त्यसैले अव हामीले हाम्रो संभावनाको क्षेत्र मध्ये एक जलविद्युतको विकास गर्ने पर्छ । ऊर्जाको संकटले निम्त्याउने विकराल समस्या मैले व्याख्या गरिरहन पर्देन नेपाली जनता हरेकले हरेक दिन भौग्दै आएका छन् ।
तेश्रो औद्योगिकीकरण अपरिहार्य छ । हामी कहाँ अहिले पनि आन्तरिक उत्पादनले के कुरामा सक्षम छौ भनेर खोज्यो भने नगन्य मात्रामा छ । त्यसैले औद्योगीकरण गरेर हामीहरुले हामीलाई चाहिने सामान र वस्तुहरुको उत्पादन गर्दे त्यसमा अतिरिक्त शुल्क लिएर निर्यात गर्ने सोचमा जानु पर्छ । जस्तो चियापत्ति,कफि जस्ता वस्तुहरु । जव औद्योगिकीरणमा जान्छौ त्यसपछि त्यो एउटा आर्थिक चक्र ( साईकल ) मा प्रवेश गर्छ । यसमा कृषिको व्यवसायीकरण पनि जोडन सकिन्छ । हामीहरुले वजारको माग अनुसार उत्पादनमा लाग्यौ भने त्यसले निकै प्रभाव पार्छ । जस्तो म फिजीको उदाहरण दिन्छु त्यो देशले उच्च कोटीको फलफूल उत्पादन गरेर अमेरिका अष्ट्रेलिया जस्ता देशहरुमा निर्यात गरेर आफूलाई समृद्ध वनायो ।
चौथो, समस्या यातायातको छ । किनकि हामीले गर्न नसकेको र नेपाललाई आर्थिक समृद्धिको वाटोमा अवरोध गर्ने नै वाटो अर्थात सडक सञ्जाल भएको छ। यसको लागि जलविद्युत विकास गर्दे त्यसको आधारमा चल्ने रेल यातायातलाई एकीकृत गर्नुपर्छ । यो देशको काँचुली फेर्ने माध्यम हो ,किनकि उत्पादित वस्तुलाई वजार सम्म पुरयाउनका लागि राम्रो सडक सञ्जाल, व्यवस्थित रेल सेवा र हवाई यातायातको मैदान सुरक्षित वनाउन सकियो भने देशलाई आमूल परिवर्तन गर्न सकिन्छ ।

एउटा देशको नागरिकले त्यो देशलाई समृद्ध वनाउन के गर्नुपर्छ ?
हरेक देशका नागरिकलाई एउटै कुराले पिरोल्छ त्यो हो रोजगारीको अवसर,सुरक्षित आवास, औषधी उपचार र सामाजिक मान्यता ।
कतिपय अवस्थामा राम्रो र सक्षम नागरिकहरु पनि साना समस्याहरुले आफनो भविष्य अन्यौल रहेको ठान्छ । नागरिकको लागि राज्यको दायित्वको चाहना पनि हुन्छ ।
त्यसैले नागरिकमा देशलाई समृद्ध वनाउने हो भने व्यवासायिक सोच आउन परयो , गाउँमा कृषि पेशामा छ भने उसले त्यसलाई कसरी वजारीकरण गरेर आम्दानीको स्रोत वनाउन सक्छ । एक्लै सक्दैन भने समूह वनाएर पो गर्ने हो की रु यस्ता कुराहरुमा ध्यान दिनुपर्छ । त्यसैले मेरो विचारमा असल नागरिकले आफू उद्यमी वनेर राज्यलाई कर तिर्दे रोजगारी सृजना गर्ने सोचमा लाग्नु पर्छ । किनकि आर्थिक रुपमा नागरिक सवल नभएसम्म उसले सामाजिक दायित्व पूरा गर्न सक्दैंन् । साथै देशको कानून पालना गरेर सानो भए पनि काममा संलग्न हुनुपर्छ । नागरिकका यस्तै सानो प्रयासले देश निर्माण भएको हामीले कति देशहरुको ईतिहासवाट पढदै आएका पनि छौं ।

नेपालमा वस्ने नेपालीहरुले प्रवासी भूमिमा वस्नेहरुको आलोचना वढी गर्छन्, के साँच्चै प्रवासमा वसेपछि देशको माया ममता टुटेकै हुन्छ ? यसमा तपाईको के टिप्पणी छ ?

खासमा भन्ने हो भने यो केही यदाकदा सुनिने विषय मात्र हो । मैले भेटेका र सुनेका मान्छेहरु भन्नु हुन्छ भने धेरैले सम्मान नै गरेको पाएको छु । मानिस जहाँ वसेपनि आफू जन्मेको देश भुल्नै सक्दैंन् । उसले कही न कही मातृभूमिसँग आफूलाई जोडेर राखेको हुन्छ ।
सामान्य अध्ययनले के भन्छ भने प्रवासी भूमिमा कमाएको भन्दा आफू स्वदेशमा २५ प्रतिशत सम्म कम कमाई हुन्छ भने त्यो त्यही वस्छ भन्ने मानिन्छ । यो अहिलेको विश्वमा हरेक देशका मानिसहरु आउने जाने प्रक्रिया चलिरहेको छ।
साथै डायस्पोराले नै देश वनाएको हुन्छ , त्यो तपाई चीन, भारतको उदाहरणवाट पनि थाहा पाउन सक्नु हुनेछ । अहिले राष्ट्रसंघ, अमेरिकाले समेत कुनै पनि देशको आर्थिक समृद्धिमा डायस्पोराको महत्वपूर्ण भूमिका हुने अध्ययन मार्फत सार्वजनिक गरेका छन् ।
एउटा चिन्ता के हो भने रेमिटेन्सको रकमले सधै देश विकासको उपकरण ( टुल्स ) हुन सक्दैंन् । त्यसलाई अन्य लगानीको क्षेत्रमा विस्तार गर्न परयो भन्ने हो । यहाँ म अर्को उदाहरण दिन्छु, पहिला मेक्सिको रेमिटेन्समा अडेको थियो । विस्तारै उसले त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन सक्यो र अहिले उसको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुगेको छ । त्यसैले नेपालको हकमा पनि विदेशी सहायता भन्दा रेमिटेन्सको रकम धेरै छ यसले विस्तारै लगानीको क्षेत्रमा रुपान्तरण गर्न सकियो भने तपाई सोध्नु भएको जस्तो आलोचना कम हुन्छ ।
यहाँ म स्पष्ट पार्न चाहन्छु, डायास्पोरा (एनआरएन)को भूमिका भनेको देश विकासको लागि एउटा उत्प्रेरक मात्र हुन् देशलाई समृद्ध वनाउने भनेको त्यही भूमिमा वस्नेहरुले आफै यसको निर्धारण गर्न सक्छन् ।

गत अप्रिलमा गएको भुकम्प पछि अमेरिकामा रहेका नेपालीहरुले त्यति सहयोग नगरेकै हुन् की के हो ?
त्यो कुरामा म सहमत छैंन् । किनकि यहाँ रहेका हरेक संस्थाले केही न केही सहयोग गरे । अझ कतिपयले आफू पढेको विद्यालय या गाउँमा विभिन्न तरिकाले सहयोग गरे । एनआरएन अमेरिका,टेक्सासमा रहेका नेपाली, भर्जिनियाका नेपाली कोलोराडो,क्यालिफोर्नियामा रहेका हरेक समुदायका मानिसहरु आफनो खर्चमा नेपाल पुगेर राहत वितरण गरेर आए । मेरो विचारमा अरु देशमा जस्तो सय दुई सयष् जम्मा गरेर संगठित रुपमा नगएको हो, तर अमेरिकाले विश्वभरि छरिएर रहेका नेपालीहरु मध्ये वढी सहयोग जुटाएका छन् । यसमा त नेपाली सरकारी अधिकारी मिडियाहरु सवैले भनेकै हुन नी विदेशमा वस्ने नेपालीहरुको सहयोगले राहत वितरणमा सहयोगी भूमिका खेल्यो भनेर । एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले आफै पुगेर राहत वितरण गर्नु भएको थियो । त्यसैले सवैको प्रयास सकारात्मक भएको मैले पाएको छु ।

अवको १५ वर्षमा नेपाललाई समृद्ध देशको रुपमा विश्व सामु परिचय दिलाउन सक्षम होला ? हुन सक्छ भने आधार के के देख्नु भएको छ ?
खासमा समृद्ध भन्ने आधार फरक छन् । अल्पविकसित देशवाट माथि उठने नेपालको चाहना छ । सन् २०२२ सम्म यसवाट माथि उठने नेपालको योजना छ ।त्यो भनेको प्रतिव्यक्ति आम्दानी १००० डलर भन्दा माथि पुरयाउने भन्ने हो । यो विश्व बैंक र संयुक्त राष्ट्रसंघ मापन गर्ने आधारमा हो ।
तपाईले भन्नु भएको जस्तो समृद्ध देश वनाउनका लागि १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने संभावना पनि छ । हामीहरुले जलविद्युत विकास गरयौ भने दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ । त्यो भयो भने आगामी चौध वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर हुन सक्छ । हामीले कृषिलाई र पर्यटनलाई एक अर्काको परिपूरक वनाउँदै अगाडि वढायौ भने अर्को संभावनाको स्थान छ । किनकि अहिले सम्म नेपालमा एक रातको सात आठ सय पर्ने कोठा र त्यो अनुरुपको हजार वटा कोठाहरु भएको होटेल नै छैंन् । त्यति प्राकृतिक रुपले सुन्दर देशमा विश्वभरिका वढी खर्च गर्ने क्षमता भएका व्यक्तिहरुलाई आमन्त्रण गर्न सकियो भने पर्यटन क्षेत्रले चौतर्फी फाईदा दिलाउँछ । यसको लागि ठूला विमानस्थल हवाईजहाजको सेवामा समेत ध्यान दिनु पर्छ । जस्तो केन्याले अहिले ७५ वटा वोईङ्ग मार्फत सेवा दिएको छ । तपाईलाई मैले शुरुमा नै भने जव हामी आर्थिक संप्रभुताका साथ नीति नियम वनाएर यस्ता क्षेत्रहरु विकास गरयो भने १५ वर्षमा नेपालको अर्थतन्त्र कायापलट नै हुन्छ ।

अन्त्यमा तपाई नेपालमा गर्न चाहनु भएको कुनै योजना छ ? तपाईको योजना संक्षेपमा वताउन सक्नु हुन्छ ?
म अहिले पनि विभिन्न तालिमहरुमा क्रियाशील रहेको छु । मलाई दुई वटा योजना लागू गर्ने सोचाईमा छु । काठमाण्डौंमा जनघनत्व वढे अनुसार सार्वजनिक यातायात साह्रै खराव छ, यसलाई दू्रत वस सेवा मार्फत नागरिकको आवागमनलाई तत्काल सुव्यवस्थित वनाउने सोचका आधारमा सरोकारवाला निकायहरुसँग काम गर्दे आएको छु । किनकि नेपालमा अहिले सववे र लाईट रेलको तत्काल संभावना छैंन । त्यसैले अल्पकालको लागि दू्रत गतिको वस सेवा नै वाञ्छनीय देखिएको छ । अर्को यातायातको क्षेत्रमा लापर्वाहीको कारणले भएको जनधनको क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्र्दभमा केही गरौ की भन्ने सोचमा रहेको छु । हेरौ ,केही अरु थप योजनाहरु रहेका छन् । ती कार्यान्वयनको चरणमा म पूर्णकालीन रुपमा काम गर्ने वेलामा अर्थात अहिले गरेको कामवाट अवकाश पाएपछि नेपालको लागि सहयोगी भूमिका खेल्ने छु त्यो समयमा तपाईसँग फेरी संवादमा वस्नेछु ।

Sologan_final

Logo of patner agency

प्रतिक्रिया