निरंकुश शैलीका कारण नेजस, अमेरिकाका भाडभैलो कावा सभापतिमा केसी

इनेप्लिज २०७२ चैत १९ गते १६:४८ मा प्रकाशित

नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द बिष्ट निलम्बनमा परेका छन् । पछिल्ला दिनमा सभापति बिष्टले मनोमानी र एकलौटी ढङ्गबाट निर्णय गरेर संगठनलाई विभाजित पार्न खोजेपछि ३१ मार्च २०१६ मा नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति धनञ्जयनरसिंह केसीको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले संगठनको बृहत्तर हितका लागि बिष्टलाई निलम्बन गरि दिनहुँ कार्य सञ्चालनका लागि केसीलाई कार्यवाहक सभापतिको रुपमा कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको विवाद लामो समय पछि  समाधान भएर एक ढिक्का संगले अघि बढिरहेको अवस्था मा, सुनियोजित ढंगबाट निर्वा्चित कार्यसमितिलाई पुरै वाईपास गरेर , विधान विपरीत, अधिवेशनले दिएको एकताको संदेशलाई लत्याई स्वेच्छाचारी रूपले अटघि बड्दै नेत्रृत्वले संगठनमा पुन विवाद ल्याउन खोजेको, सम्पुर्ण निर्वाचित कार्यसमितिको अधिकारलाई पुरै मिचेर कुनै छलफल नै नगरी मनोमानी ढंगले आफ्नो अनुकुलको धाँधलीयुक्त विधान बनाई  संगठनमा बलजफ्ती निरंकुशता भित्रयाउन खोजेको बैठकले ठहर गरेको छ ।

यस्तै नेपाली जनसंपर्क समिति अमेरिकाको सकृय च्याप्टरहरूलाई निस्क्रिय बनाउन शक्तिको दुरूपयोग गर्दै , आफूसंग विमति राख्ने च्याप्टर सभापतिहरूलाई पटक पटक कार्वाही गर्ने धम्की दिई , विवाद ल्याई संगठनलाई कमजोर बनाउँन खोजेको, संस्थाका सल्लाहकार, विभाग, मनोनीत सदस्य चयन देखि नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि प्रतिनिधि छनौंट गर्दा सम्म निर्वाचित कार्यसमितिमा अनुमोदन नगरी संगठनको विधि, पद्धति, प्रकृया र विधान समेतलाई वेवास्ता गर्दै, अवैधानिक र गैर लोकतान्त्रिक तवरले छनौंट गरी गौरवशाली हाम्रो पार्टीको मर्म र गरिमामा समेतमा आँच पुर्याई संगठनको गरिमा घटाएको, भुकम्पपीडितको नाममा उठाएको आर्थिक सहयोग रकम अझैं फस्र्याैट नगरिएको र पार्टीलाई बुझाउँन पठाएको रकम आफूखुशी बाँडेको, नेपाल डे परेडको नाममा अलोकतान्त्रिक गठ बन्धन गरी संस्थाका बहुसंख्यक साथीहरू लाई गुमराहमा राखि राजनैतिक रूपमा अत्यन्तै खतरनाक नतिजा आउन सक्ने सम्भावनालाई नकार्दै ब्यक्तिगत स्वार्थका लागि संगठनको नाम बेचेको, आफ्नो संगठनलाई मजबुँद बनाउँनको साटो अन्य संस्थाहरूको वकालत गर्दै, आफ्नै सकृय साथीहरूसँग खरो उत्रिएको, संगठन विस्तारमा विल्कुलै चासो नराखि, कृयाशिल सदस्यहरूको संख्या बढाउन कुनै पहल नगरेको ।

उल्टो सुन्योजित तवरले आफ्नै सहकर्मी साथीको कृयाशिल पार्टीमा दर्ता नै नगराएको र अहिले सम्म अमेरिकाको कृयाशिल बाट उठेको रकम र सदस्य सँख्याको समितिमा जानकारी नै नगराएको र संगठनको आन्तरीक गोपनीयता संस्था भन्दा बाहीरका व्यक्ति र संगठनमा पुर्याउँने काम गरेको भन्दै बैठकले बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकमा वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी, उपसभापति चेत प्रसाद पौड्याल, महासचिव मुनिन्द्र नेम्बाङ, सचिवद्वय भोज राज ठोकर, ईश्वर सापकोटा, कोषाध्यक्ष बिजय थुलुडंग, सदस्यहरु .ज्ञानेद्र राज कार्की,ओम भट्टराई, .गोकुल ढकाल, मान्ति शाह, पविता परियार, सुवेन्द्र रानाभाट, रविन बस्नेत, किलन राई, गोपाल विश्वकर्मा, लगायत बहुमत सदस्यहरूको सहभागिता रहेको थियो ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा लोकतन्त्रको पर्याय बोकेको नेपाली काँग्रेस पार्टीमा अझ अरू पार्टीमा भन्दा लोकतान्त्रिक पद्धतिको उचित प्रयोग जोडदार रूपले हुनु पर्दछ , तर विडम्बना नेपाली काँग्रेसको भातृ संगठन हाम्रो नेपाली जनसंपर्क समिति अमेरिकाको वर्तमान नेतृत्वको निरंकुशता एवं अलोकतान्त्रिक कृयाकलापहरूले लोकतन्त्रको परिभाषालाई दिग्भ्रमित वनाएको छ जसका कारण लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्ने नेपाली काँग्रेस पार्टीको गरिमाको धज्जी उडेको उल्लेख छ ।

अहिलेको नेतृत्वका प्रत्येक क्रियाकलपहरूले पहिले देखि भत्किएको नेपाली जनसंपर्क समिति अमेरिकाको  विश्वासहरूलाई झन ठुलो भाँजो हालेर फराकिलो बनाई दिएको छ, विज्ञप्तिमा अगाडि भनिएको छ– थुप्रै तितो अनुभवहरूबाट टुक्रिएका विश्वासहरू, गुज्रिएका हाम्रा पलहरू  एकताको दोस्रो  डल्लास अधिबेशन पश्यात अमेरिकामा रहेका लोकतन्त्रवादी नेता र कार्यकर्ताहरूको आशाका किरणका तिनै धर्साहरू समातेर अगाडी वढ्दै जाने कोशिश रहेकै बेला , नितान्त निजी स्वार्थ  र फाईदाका कारण संगठनमा पलाउन थालेका पालुवाहरू नेतृत्वको निरंकुश शैलीका कारण शिकार बन्न पुगेको छ ।

नेतृत्वद्वारा  संगठनलाई चलायमान राख्ने विधि, पद्धति र प्रकृयालाई मुसोलिनि शैलीले धूलो पिठो बनाई दिएको छ, जसले गर्दा लोकतान्त्रिक पार्टीको हाम्रो पहिचान, संगठनका सम्पुर्ण सदस्यहरूको हक अधिकारहरू खुरापातीहरू बाट बलात्कृत हुन पुगेको छ, विज्ञप्तिमा उल्लेख छ । नेतृत्वमा पुगेकाहरूले आफ्नो पदिय दायित्वबाट बिचलित बनेर पदलाई निरंकुशताको श्रीपेच सम्झिएका छन् । यस्ता निरंकुश शैलीका कारण हाम्रो पार्टीको विशिष्टता र आफ्नो गौरवशाली परिचय विस्तारै हराउँदै जाने भएकोले अमेरिकामा रहेका तमाम जिम्मेवार नेपाली काँग्रेसका कार्यकर्ताहरूको त्यस तर्फ गम्भिर ध्यान जानु पर्ने उल्लेख छ । विपि कोईरालाका सच्चा अनुयायी हामीहरूले आज वहाँका अमर विचारहरूलाई शिरोधार्य गरेर अगाडी बढ्नु पर्नेछ, विज्ञप्तिमा लेखिएको छ– लोकतन्त्र आए पछि केही सुकिला मुकिलाहरूको पार्टीलाई कब्जा गर्ने प्रवृद्दी विरूध्द लड्नु पर्ने आवश्यक्ताको आज पुष्ठ्याई भएको छ र त्यस्कै खातिर हामी लड्नु पर्ने भएको छ ।

प्रतिक्रिया