नगरपालिका भवन शिलान्यास

इनेप्लिज २०७२ चैत १७ गते १५:५१ मा प्रकाशित

12472699_811166418989061_7281048360245027593_nभद्रपुर, १७ चैत । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विकास निर्माणका लागि राजनीतिक दलबीच साझा धारणा बन्नुपर्ने बताउनुभएको छ ।

झापाको भद्रपुर नगरपालिका–६ स्थित पशुहाट लाग्ने स्थानमा नगरपालिकाको नवनिर्मित भवनको आज शिलान्यास गर्दै उहाँले समाजलाई समृद्ध बनाउन र सद्भाव कायम राख्न राजनीतिक दलहरूबीच एकता हुनु पर्ने धारणा राख्नुभयो ।

ठेक्का लिएर समयावधिमा काम सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीलाई क्षतिपूर्ति भराउने कानुन आवश्यक रहेको बताउँदै नेता सिटौलाले विकासलाई निजी स्वार्थबाट होइन साझा स्वार्थबाट हेर्नुपर्ने उल्लेख गर्नुभयो ।

अढाइ तले उक्त भवन रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा निर्माण गर्न लक्ष्य राखिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, स्थानीय विकास अधिकारी खेमराज ओझा, पूर्व सांसद पुष्पराज पोखरेललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया