चीन लैजाँदै गरेको सुनको माला बरामद

इनेप्लिज २०७२ चैत १७ गते १५:४९ मा प्रकाशित

धुन्चे (रसुवा), १७ चैत । टिफीन बट्टामा लुकाइछिपाइ रसुवागढी नाकाबाट चीनतर्फ लैजाँदै गरेको सुनको माला आज अपराह्न धुन्चेमा बरामद भएको छ ।

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार सुनको माला बनाई लैजान लागेको अवस्थामा जाँचको क्रममा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाले दुई थान माला बरामद गरेको हो ।

ती सामग्रीको नेपाल प्रहरीबाट बरामदी मुचुल्का खडा गरी कानुनी प्रक्रियाका लागि भन्सार कार्यालय टिमुरेमा पठाइएको प्रमुख विष्टले बताउनुभयो । तारा जस्तो सुनको डल्लो मालाको बीचमा र अन्य ठाउँमा मुगासमेत जडित भएको पाइ्एकाले छानबिन गर्न भन्सार कार्यालय पठाइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया