कटुवा पेस्तोलसहित युवक पक्राउ

इनेप्लिज २०७२ चैत १५ गते १२:२२ मा प्रकाशित

लहान, १५ चैत्र । प्रहरीको गस्ती टोलीले गए राति सिरहाको विष्णुपुरकट्टीबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा विष्णुपुरकट्टी–४ निवासी १९ वर्षीय जीतेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया