अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कारको घोषणा

इनेप्लिज २०७२ चैत १४ गते २:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिद्वारा स्थापित “अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार” बाट पहिलो पटक सातजना प्रतिभाशाली बालिका पुरस्कृत हुने भएका छन् | समितिका संयोजक गीता खत्रीको अध्यक्षतामा गठित अनेसास केन्द्रीय बरिष्ट उपाध्यक्ष राधेश्याम लेकाली र महासचिब गोवर्धन पूजा सदस्य रहेको समितिले ती बालिकाको छनोट गरेको हो |

आगामी अप्रिल २ तारिकका दिन अमेरिकाको न्युयोर्कमा आयोजना गरिने पुरस्कर समर्पण कार्यक्रममा पुरस्कृत हुने बालिका निम्न अनुसार छन्
१) अनेसास-भिमप्रसाद हरिमाया डायस्पोरा बालप्रतिभा पुरस्कार – शलिना श्रेष्ठ
प्रायोजक – बिजया (राजु) सिम्खडा
२) अनेसास-उमाकान्त चिनुमाया डायस्पोरा बालप्रतिभा पुरस्कार – क्रिष्टल थापा
प्रायोजक – शान्ता घिमिरे अधिकारी
३) अनेसास-मन्दिरा डायस्पोरा बालप्रतिभा पुरस्कार – बिबेचना निरौला
प्रायोजक – ममता कर्माचार्य
४) अनेसास-कालीभक्त- पदिता डायस्पोरा बालप्रतिभा पुरस्कार – विभूषा बिष्ट
प्रायोजक – महेश्वर पन्त
५) अनेसास-लालविक्रम डायस्पोरा बालप्रतिभा पुरस्कार – मिलि श्रेष्ठ
प्रायोजक – अनु शाह
६) अनेसास – शारदादेवी चन्द्रमाया डायस्पोरा बालप्रतिभा पुरस्कार – प्रिया सुवेदी
प्रायोजक – शारदादेवी ढँुगाना र चन्द्रमाया भेटवाल
७) अनेसास-राजेन्द्र इरिना डायस्पोरा बालप्रतिभा पुरस्कार – जारा प्रसाई
प्रायोजक – राजेन्द्र श्रेष्ठ तथा इरिना श्रेष्ठ

प्रतिक्रिया