दलित अधिकारका लागि बृहत साझेदारीमा जोड

इनेप्लिज २०७२ चैत १३ गते २२:४२ मा प्रकाशित

DSC_0092

वासिंगटन डीसी । अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले दलितलाई गरिने विभेद मानताविरुद्धको कार्य भन्दै कानुनी व्यवस्थाले मात्र त्यसको अन्त्य सम्भव नभएको उल्लेख गरेका छन् । उनले कानुनी व्यवस्था विभेद विरुद्धको पहिलो खुट्किलो मात्र रहेको बताएका छन् ।

दलित अधिकारका लागि अन्तर्राष्ट्रिय आयोग (आइसीडीआर) को साधारणसभालाई सम्बोधन गर्दै राजदूत कार्कीले दलितमाथि भइरहेको अमानवीय व्यवहारको अन्त्यका लागि सबै तह र तप्काका मानिसहरुको साझा प्रयास आवश्यक रहेको बताए ।

DSC_0078

नयाँ संविधानमा दलित, आदिवासी जनजाति र महिलालगायत विभेदमा पारिएका समुदायको हक अधिकार स्थापित गर्नका लागि व्यवस्थाहरु गरिएको उल्लेख गर्दै यसलाई दलित अधिकारको क्षेत्रमा नेपालले गरेको प्रगतिको रुपमा प्रस्तुत गरेका थिए ।

उनले सामाजिक न्यायको क्षेत्रमा चेतना अभिबृद्धिका लागि आइसीडीआरले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दलित माथि भइरहेको विभेदको अन्त्यको लागि बृहत खालको साझेदारी र सञ्जालको आवश्यकता औल्याए ।

DSC_0083

‘दलितको मुद्द दलितको मात्र होइन,’ उनले भने, ‘दलितले मात्र यस विषयमा कुरा उठाएर समस्याको समाधान हुन सक्दैन, बरु यसका लागि गैरदलित वा फरक सामाजिक पृष्ठभूमीबाट आएकाहरुसंग हत्तेमालो आवश्यक हुन्छ ।’

कार्यक्रममा राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य सचिव दुर्ग शोवले दलित माथिको दुव्र्यवहार र विभेद अविकसित देशहरुमा मात्र नभएर ति मुलुकबाट विकसित मुलुक पुगेकाहरुले त्यही पुर्याएको बताइन् । उनले अमेरिका र यूरोपमा पुगेका नेपाली, भारतीयलगायत वर्ण व्यवस्था भएका मुलुकबाट गएकाहरुले त्यहाँ पनि जातपातको कुरा गर्ने गरेको र दलितमाथि विभेद गर्ने गरेको उल्लेख गरिन् ।

DSC_0015

आइसीडीआर दलितका अधिकार सम्बन्धमा पैरवी गर्नका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था हो । यसमा दलित अधिकारकर्मी, गैरदलित प्राज्ञिकहरु तथा मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरु सम्मिलित छन् । यसको सन् २०१५ मा अन्तर्राष्ट्रिय दलित सम्मेलन अमेरिकाको राजधानी वासिंगटन डीसीमा आयोजना गरेको थियो । यसले बिशेष गरेर दलितका अधिकार सम्बन्धमा अमेरिकी सरकार तथा संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्दछ ।

DSC_0089

कार्यक्रममा संस्थाका अध्यक्ष डीवी सागर विश्वकर्मले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय दलित नागरिक समाज सञ्जाल निर्माण गरिएको छभने नेपाल र भारतमा राहतलगायतका गतिविधिहरु गरिरहेका छन् । त्यसैगरी जातीय स्वतन्त्रता इडेक्स (काष्ट फ्रिडन इण्डेक्स) निर्माण भइरहेको छ । यसले विश्वका विभिन्न मुलुक भइरहेको जातीय विभेदको विषयलाई उजार गर्नेछ । साधारणसभाले जातीय विभेद र अवस्थाका बारेमा अनुसन्धान, विश्वविद्यालयहरुसंगको साझेदारी तथा युवा केन्द्रित कार्यक्रमलाई अगामी दिनहरुमा जोड दिने रणनीति बनाएको छ ।

DSC_0003

डा. डन जिमम्र्यानले सहजीकरण गरेको कार्यक्रममा अफ्रिकन अमेरिकन लिगेसी फेमिलीका संस्थापक तथा अध्यक्ष जज रहुलमीन क्वन्दर, अन्तर्राष्ट्रिय विकास बिज्ञ रीक गोल्डलगायतले दलित अधिकारका लागि सबै तह र तप्काका व्यक्तिहरुसंगको साझेदारीमा जोड दिएका थिए । उनीहरुको भनाई थियो, बृहत साझेदारीले मात्र दलितहरुको अधिकार बहालीमा सफलता प्राप्त हुन्छ ।

DSC_0032 DSC_0024 DSC_0021 DSC_0001 DSC_0044 DSC_0048 DSC_0076

प्रतिक्रिया