आठ मेट्रिक टन फोहर व्यवस्थापन

इनेप्लिज २०७२ चैत १३ गते १४:१३ मा प्रकाशित

काठमाडौँ, १३ चैत । बाग्मती सफाइ अभियानको १५०औँ श्रृङ्खलाअन्तर्गत आज कुलेश्वरस्थित फलफूल मन्डी तथा त्यस आसपास क्षेत्रमा करिब आठ मेट्रिक टन फोहर निकालिएको छ ।

स्थानीय क्षेत्रको फोहर व्यवस्थापनमा काम गर्दै आएको वातावरण स्वर्गद्वारी सेनिटेसन प्रालिले आज त्यस क्षेत्रमा विशेष सफाइ अभियान चलाएको हो ।

संस्थाका अध्यक्ष यम मगरले बाग्मती नदी मानव सभ्यताको विकाससँग जोडिएको हुँदा त्यसको संरक्षणका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभयो ।

बल्खुस्थित तरकारी तथा फलफूल सङ्कलन केन्द्रका अध्यक्ष एवम् समाजसेवी मोहन बस्नेतले ती स्थानबाट दैनिक उत्पादन हुने फोहरलाई नियमित रुपमा व्यवस्थित गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया