कविता महोत्सव चैत १४ गते

इनेप्लिज २०७२ चैत १२ गते १७:५१ मा प्रकाशित

pragya

काठमाडौँ, ११ चैत । नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते प्रतिष्ठानको वार्षिकोत्सवको उपलक्ष्यमा हुने राष्ट्रिय कविता महोत्सव यस वर्ष यही चैत १४ गते हुँदैछ ।

प्रतिष्ठानको ५८औँ वार्षिकोत्सवको अवसरमा गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण आयोजना हुन नसकी स्थगित रहेको महोत्सव चैत १४ गते उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सदस्य–सचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया