डब्लुएनओ अधिवेशनमा सुली २ सिडी बिमोचन हुने

इनेप्लिज २०७२ चैत १२ गते १:४० मा प्रकाशित

suli 2

वर्ल्ड नेवा अर्गनाईजेसनको आगामी मार्च २५- २७ सम्म हुने दोश्रो अधिवेसनमा भारतका सु विख्यात हरिबश राय बच्चन को अमर कृति मधुशालाको नेपाल भाषामा सुपरिचित जनकवि दुर्गालाल श्रेष्ठ द्वारा गरिएको अनुबाद पुस्तिक सुलीको दोश्रो संगीतिक अल्बम सुली २ बिमोचन हुने भएको छ l

न्हू बज्राचार्यको संगीत रहेको च्च भने सबै गितहरुमा शास्त्रीय संगीतका पारखी प्रविन ताम्राकारले स्वरले सजाएउनु भएको छ l यस बाट नेपाल भाषा संगीतको क्षेत्रना नया आयाम थपिने आशा गरिएको छ l सन् १९३५ मा बच्चन द्वारा कोरिएका कविता संग्रह मधुशाला अहिले पनि लोकप्रिय मानिन्छ l यसका गीतहरु भारत कै प्रख्यात मन्नाडेले आफ्नो आवाज बाट क्यासेट रेकर्ड गराएका थिए l

सुलिको पहिलो भाग संगीत प्रविण उस्ताद नरराज ढकाल तथा वहाका चेला प्रविण ताम्राकारको स्वरमा रेकर्ड्स गरिएको थियो l संगीत गुरु नरराज ढकाल र संगीत संयोजन स्व मदन परियार द्वारा गरिएको थियो l  गायक प्रविण ताम्राकारले यस बाहेक नेपाल भाषा सयुक्त अल्बम ‘मन छक याउक दिके “मा एउटा गित र गायक शिशिर पौडेलल संग सयुक्त अल्बम नेपालीमा केहि भन्न बाकी थियो बजारमा निकाल्नु भएको थियो l

प्रतिक्रिया