दुर्घटनामा एकको मृत्यु, छ घाइते

इनेप्लिज २०७२ चैत १२ गते १:२८ मा प्रकाशित

नवलपरासी, १२ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रामनगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको सो दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।

घाइते बुटवल–१५ निवासी ६५ वर्षीय सन्तबहादुर कार्कीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्पm आउँदै गरेको लु१ख ९४५९ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा७च ४५२४ नम्बरको कार एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया