उत्कृष्ट महिला समूह सम्मानित

इनेप्लिज २०७२ चैत ११ गते १:५३ मा प्रकाशित

त्रिशूली (नुवाकोट), ११ चैत । समुदायमा उत्कृष्ट आर्थिक कारोबार गर्ने महिला समूह सम्मानित भएका छन् ।

‘क्लिन भिलेज माइक्रोफाइनान्स’ मा आबद्ध भई समूहमा ऋण परिचालन गरी आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याएका ती महिला समूहलाई बुधबार सम्मान गरिएको हो ।

संस्थाले समूहमा बिनाधितो जमानीमा ऋण प्रवाह गर्दै आएको छ । पन्ध्र जिल्लाको २८ शाखामार्फत संस्थाले ३० हजार परिवारमा रु ८० करोड लगानी गरेको पुरस्कार प्रदान गर्न यहाँ आउनुभएका ‘क्लिन भिलेज माइक्रोफाइनान्स’ का कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताउनुभयो ।

क्लिन इनर्जी बैंकको सहायक कम्पनी क्लिन भिलेजको गङ्गटे शाखाअन्तर्गतका खड्गभञ्याङको मनकामना, जिलिङको सरस्वती र दुईपिपलको लालीगुराँस क्लिन भिलेज महिला समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने मखमली महिला समूह, चारघरे महिला समूह र सेतीदेवी महिला समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया