होली मनाउन करिश्माको घरमा बाबुराम पुगेपछि…

इनेप्लिज २०७२ चैत ९ गते १५:३० मा प्रकाशित

Gagan-Thapa-Khumbhadur-Khakda

काठमाडौँ । सर्वसाधारणले जस्तै कलाकारले पनि आज फागुपूर्णिमा अर्थात् रङको पर्व होली धुमधामसँग मनाएका छन् । नेपाली रजतपटकी सदावहार नायिका करिष्मा मानन्धरले आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली कार्यक्रममा चलचित्र क्षेत्रसँगै राजनीतिक र विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो । नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराईको उपस्थितिले थप रौनकता थप्यो । पूर्वप्रधानमन्त्री भट्टराईले पूर्णरुपमा खुलेर होली नखेले पनि टीका लगाएर पर्व मनाउनुभएको थियो । भट्टराईको नयाँ शक्तिमा रहेकी नायिका मानन्धरको होली कार्यक्रममा साथ दिन उहाँ उपस्थित हुनुभएको थियो । नयाँ शक्तिमा लागेका कलाकार सरोज खनाल पनि करिष्माको निवास पुग्नुभएको थियो । अपराह्न १२ः३० बाट सुरु भएर दिउँसो करिब ४ः३० बजेसम्म चलेको होलीमा साथ दिन कलाकारहरू रमेश उप्रेती, शिल्पा पोखरेल, भुवन चन्द, किरण केसी, रङ पत्रकारलयागतको उपस्थिति थियो । त्यस्तै, नायिका रेखा थापा र निर्माता/निर्देशक आकाश अधिकारीले पनि संयुक्त रुपमा होली पर्वको आयोजना थिए । दिउँसो १ बजेबाट महाराजगञ्जस्थित रेड स्टुडियोमा होली आयोजना गरिएको थियो । रासस –

प्रतिक्रिया