डढेलोले वन सखाप

इनेप्लिज २०७२ चैत ९ गते ७:२५ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ९ चैत । म्याग्दी सदरमुकाम बेनीबजार नजिकै रहेका दुई वटा सामुदायिक वनमा सोमबार भीषण आगलागी भएको छ ।

बराहपाखो र आँपरुख सामुदायिक वनमा लागेको डढेलोले सयौँ रोपनी जङ्गल सखाप पारेको हो । दिउँसोेतिर बराहपाखो र आँपरुख वन क्षेत्रको सिमानाबाट सुरु भएको आगलागीले दुई वटै वनको धेरैजसो ठाउँमा क्षति पुर्‍याएको छ ।

मध्याह्नदेखि चलेको हुरीबतासका कारण डढेलो झनै फैलिएको थियो । दुई घन्टासम्म चलेको हुरीबतास र नजिकैको जङ्गलमा लागेको डढेलोका कारण निस्किएको धुँवा र धुलोले बेनी बजारवासीलाई सकस भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, अर्थुङ्ग्ेको इन्द्रबक्स गण र कुश्माबाट आएको सशस्त्र प्रहरीको टोली, स्थानीयवासी र बेनी नगरपालीकाको दमकलको सहयोगमा छ घन्टापछि डढेलो नियन्त्रणमा आएको थियो ।

डढेलोले ससाना बिरुवा, वन्यजन्तु, पक्षीको वासस्थान सखाप पारेको छ । बेनी बजारमा ल्याइएको खानेपानीका पाइप र बेनीबाट अर्थुङ्गेतर्फ लगिएको केबुल, टेलिफोनको फाइबरमा क्षति पुगेको छ ।

डढेलो लगाउने व्यक्तिको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुक्खायामसँगै केहीदिनयता म्याग्दीका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको छ ।

प्रतिक्रिया