एन आर एन अमेरिकामा स्टेप (STEP) कमिटीको गठन

इनेप्लिज २०७२ चैत ९ गते १:४३ मा प्रकाशित

 

[ STEP को पहिलो पाईला: १ हजार माईलको यात्रा १ पाईला बाटै सुरु हुन्छ……………………]

“मातृभूमि नेपालको निर्माण” मा योगदान दिने उदेश्यका साथ एन आर एन अमेरिकाले प्रवासमा रहेका विभिन्न क्षेत्र र विषयका “प्रवासी नेपाली बुद्धिजिबीहरु” को एउटा नयाँ कमिटी गठन गरेको छ। न्युयोर्क राज्यको उर्जा क्षेत्रमा लामो समय देखि काम गर्दै हाल यसै बिषयमा बिध्यावारिधि गरिरहनुभएका ईञ्जिनियर सूर्य लम्सालको संयोजकत्वमा र भूप्रविधि ईञ्जिनियरिङ्गमा बिध्यावारिधि गरी सोहि क्षेत्रमा काम गरिरहनु भएका डा. देशराज संयोकको अध्यक्षतामा एन आर एन अमेरिकाको सबभन्दा नयाँ कमिटीको गठन भएको छ। अमेरिकाभरि छरिएर रहेका विभिन्न क्षेत्र र विषयका प्रबुद्ध बुद्धिजीवी प्रवासी नेपालीहरू सम्मिलित “विज्ञान, प्रविधि, र आर्थिक नीति (स्टेप) कमिटी” वा अंग्रेजीमा “Science, Technology, and Economic Policy (STEP) Committee” को गत १३ मार्च, २०१६ मा फोन कन्फेरेंसिंग मार्फत पहिलो सभा सम्पन्न भए सँगै यस कमिटीले आधिकारिक रूपमा कामको  सुरुवात गरेको छ। सोही सभाबाटै स्टेपका प्रमुख उदेश्यहरू निम्न अनुसार ठम्याइएका छन्।

उदेश्यहरु:

१.    प्रवासी नेपाली बुद्धिजिबीहरुको विज्ञान, प्रबिधि, ईञ्जिनियरिङ्ग, र आर्थिक नीति सम्बन्धि ज्ञान, अनुभव, र सीपको नेपालको विकासमा भरपूर प्रयोग गर्ने।

२.    प्रवासको ज्ञान र प्रबिधिको मातृभूमि नेपालसँग आदान प्रदान गर्ने।

३.    नेपाल सरकारको विकास सम्बन्धि आर्थिक योजना र नीतिमा सहयोग तथा सहकार्य गर्ने।

४.    नेपाललाई वैदेशिक लगानीको आकर्षण बनाउन योगदान दिने। साथै, प्रवासी नेपालीहरुको आर्थिक लगानीलाई स्वदेशमै भित्र्याउन गृहकार्य गर्ने।

५.    माथि उल्लेखित उदेश्यहरु सफल पार्न अर्थ, ज्ञान, प्रबिधि, सीप, नीति, र योजनाले युक्त स्पष्ट रुपरेखा सहितको एउटा बृहत “प्रवासी बुद्धिजिबी संजाल” को निर्माण गर्ने।

पहिलो सभामा डा. देशराज संयोकले कमिटीको अध्यक्षता लिंदै “नेपालको विकासको लागि रहेको बौद्धिक, प्राविधिक, र आर्थिक चुनौतीहरुसँग लड्न प्रवासमा रहेको गैर-आवासी नेपाली बुद्धिजिबीहरुको योगदान अपरिहार्य रहेको ठहर गर्दै त्यसको लागि एउटा विशेषज्ञहरुको कमिटी गठन गरि अगाडी बढ्न आफू तयार रहेको” बताउनु भयो। “यहाँ भैरहेको ज्ञान, प्रबिधि, र सीपलाई नेपालसँग आदान प्रदान गर्न नै यस कमिटीको गठन भएको” जानकारी गराउनुभयो।

STEP का संयोजक सूर्य लम्सालले “कमिटीले विभिन्न क्षेत्र र विषयका बुद्धिजिबीहरुको योगदानबाट मातृभूमि नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थ अनुरुप नीति र योजना बनाई त्यसको कार्यन्वयनमा सहयोग गर्नेमा आफू विश्वस्त र हौषित भएको बताउनु भयो।” साथै, “यस कमिटीको योजनाहरु कार्यान्वन गर्न र गराउन एन आर एन अमेरिकाको समर्थन रहने” पनि बताउनु भयो। “एन आर एन अमेरिकाकै इतिहासमा पहिलो पटक देश निर्माणमा सहयोग गर्ने उदेश्यले यस्तो प्रवासी बुद्धिजिबीहरुको कमिटी गठन भएको” बताउदै उहाले आफू यो कमिटीमाथि ठुलो आशा र विश्वास राखेको” बताउनुभयो ।

सभामा बोल्दै एन आर एन अमेरिकाका वर्तमान अध्यक्ष डा. केशव पौडेलले “STEP को गठनलाई सफल पार्न योगदान दिने सबैलाई बधाई दिंदै आफू यो नयाँ कमिटीको कार्य प्रति धेरै आशावादी रहेको” बताउनु भयो। “यो कमिटीले नेपालको पूर्वाधार विकासमा ठूलो योगदान दिनसक्ने” बताउंदै “STEP मा आउनु भएका सबै सदस्य र सल्लाहकारहरुलाई धन्यवाद र बधाई” दिनुभयो। साथै, “एन आर एन अमेरिकाले यो कमिटीको सफलताको लागि सक्दो सहयोग गर्ने” वाचा पनि गर्नुभयो।

सभामा बोल्ने क्रममा एन आर एन अमेरिकाका वर्तमान उपाध्यक्ष डिल्ली भट्टराईले “आफ्नो देशको लागि प्रवासी नेपालीहरुको ज्ञान र सीप अनि प्रवासको प्रविधिलाई नेपालमा हस्तान्तरण गर्न बनेको यो कमिटीले देशको लागि बुद्धिजीविहरु एकजुट हुने एउटा नयाँ संस्कृति  बसाएको” बताउनु भयो। “भैरहेको ज्ञान, सीप, र प्रविधिको भरपूर उपयोग गरेर नेपालको विकासमा ठूलै योगदान दिन सकिने” बताउनु भयो।

सभामा बोल्दै सल्लाहकार डा. उपेन्द्र कर्णले “नेपालमा लगानी गर्न इच्छुक प्रवासी नेपाली लगानीकर्ताहरुको विश्वास जित्न र लगानीको आस्वस्त पार्न पहिला त STEP ले निरन्तरता को  दूरगामी समस्या समाधान गर्नुपर्ने” बताउनु भयो। त्यसैमा थप्दै अर्का सल्लाहकार डा. आलोक बोहोराले “यस्तो स-साना लगानीकर्ताहरुको सामुहिक लगानी को उचित व्यस्थापन गर्न लगानीको पारदर्शिता र लगानीकर्ताको शसक्तिकरण सहितको  लगानी व्यस्थापनको लोकतान्त्रिकरण पहिला हुनुपर्ने बताउनु भयो।” अर्का सल्लाहकार सुमन तिम्सिनाले “STEP ले २-३ वटा योजनाहरु सुरु गरी त्यसैमा पूर्ण श्रोत र साधन लगाई सफल बनाउन” सुझाव दिनुभयो। वरिष्ठ सदस्य डा. पुरु श्रेष्ठले “सानो र ठुरै कामबाट सुरु गरी त्यसलाई सफल पार्नतिर लाग्न” STEP लाई  सुझाव दिनुभयो र आगामी १ बर्षमा STEP कुन-कुन क्षेत्रमा हुने स्पष्ट पार्न लाग्नुपर्ने बताउनु भयो। सभामा उपस्थित अन्य बरिष्ठ बुद्धिजिबीहरुले आफ्नो बोल्ने क्रममा STEP लाइ कसरी ससक्त बनाउन सकिन्छ भन्ने बारेमा सुझाव दिनु भएको थियो |

STEP का सह-संयोजक शिव राज पौडेलले “प्रवासमा रहेको ज्ञान-विज्ञानलाई स्वदेशमा स्थानान्तरण गर्ने सुनौलो अवसर सिर्जना गरेकोमा STEP प्रति आफू हौसित र आशावादी रहेको” बताउनु भयो।

स्वदेश निर्माण को लागि नवगठित यस कमिटीमा निम्न सदस्य र सल्लाहकारहरु रहेका छन्।

अध्यक्ष:

डा. देशराज संयोक, Fairfax, Virginia

      बिध्यावारिधि, सिभिल/भूप्रविधि ईञ्जिनियरिङ्ग

       Lead Geotechnical Engineer, EMC2 Inc., वाशिंगटन डी.सी., मेट्रो एरिया

सदस्यहरु :

१.    डा. पुरु श्रेष्ठ, Tucson, Arizona

      बिध्यावारिधि, खानी उत्खनन ईञ्जिनियरिङ्ग

      अध्यक्ष र प्राविधिक सल्लाहकार – BHPBilliton, GeoMinMet Consultants Inc.

 २.    डा. आमोद पोखरेल, Berkeley, California

      बिध्यावारिधि, पर्यावरण स्वास्थ्य विज्ञान

        Lecturer, School of Public Health, University of California, Berkeley

३.    डा. तारा सिग्देल, San Francisco, California

       बिध्यावारिधि, Biochemestry

  • Professor, Department of Surgery, University of California, San Francisco

४.    प्रेम संग्रौला, Washington D.C.

      स्नातकोत्तर, विकास अर्थशास्त्र

      अर्थशास्त्री, विकास अनुसन्धान समूह, विश्व बैंक

५.    चन्द्र शेखर यादव, Austin, Texas

         Professional Engineer, Civil Engineering

Texas Commission on Environmental Quality, Austin, TX

६.    डा. हरि कटुवाल, Billings, Montana

बिध्यावारिधि, अर्थशास्त्र

Post-Doctoral Fellow (Resource and Environmental Economics)

University of Montana

७.    डा. तेज प्रसाद गौतम, Marietta, Ohio

         बिध्यावारिधि, Applied Geology

        Asst. Professor, Department of Petroleum Engineering & Geology

Marietta College

८.    डा. सुरेश गौतम, Schenectady, New York

         बिध्यावारिधि, Electrical Engineering

         Senior Engineer, General Electric Company

९.    शान्त बिस्ट,  Boston, Massachusetts

M.S., Chemistry,

Senior Scientist, AstraZeneca R&D

१०.   डा. अनिल बराल,  Sacramento, California

          बिध्यावारिधि, पर्यावरण विज्ञान

          Air Pollution Specialist, California Air Resources Board

११.   राजेश कोइराला,  Washington D.C.

M.S., Forestry and Environmental Studies

Carbon Finance Specialist, World Bank

१२.   रंजन के.सी., Richmond, Virginia

MBA (Management Information System)

Data Analyst, Capital One

१३.   मेनुका के.सी., Las Cruces, NM

          Ph.D. Candidate, Cell and Organismal Biology

१४.   विश्वमान आंगदेम्बे Atlanta, Georgia

MBA, Finance

Senior Business Analyst, Delta Airlines, Atlanta, GA

सल्लाहकार बोर्ड:

१.    डा. आलोक बोहोरा,  Albuquerque, New Mexico

       बिध्यावारिधि, अर्थशास्त्र

         Professor, University of New Mexico

२.    डा. उपेन्द्र कर्ण, Newark, New Jersey

        D.Eng., P.E., Civil Engineering

General Secretary, American Society of Nepalese Engineers

३.    सुमन तिम्सिना,  Fairfax, VA

M.A., M.Phil., Organization Development

Former President, NRN NCC of USA

संयोजक:  

सूर्य लम्साल, New York City, New York

  • Board of Director, NRN NCC of USA
  • Board of Director, American Society of Nepalese Engineers

Professional Engineer, New York

उप-संयोजक:

शिव राज पौडेल, Towson, Maryland

  • Board of Director, NRN NCC of USA

Professional Engineer, New York

बिस्तृत जानकारी, सम्पर्क, अध्ययन तथा सुझावका लागि:

Web: www.nrnpolicy.org

Email: [email protected]

प्रतिक्रिया