होलीको गौरब ?

इनेप्लिज २०७२ चैत ८ गते २३:४२ मा प्रकाशित

ram chandra sharma

 

रंगले मुख केर्दैमा होलीको के छ गौरब ?
बटुवालाई घेर्दैमा होलीको के छ गौरब ?

सद्भाव, मित्रता, मेल मिलाप हो छिमेकमा
भान्गको लड्डु फेर्दैमा होलीको के छ गौरब ?

पोशाक बदलि सेतो मनमा मित्रको प्रतीक्
रंग आडम्बर बेर्दैमा होलीको के छ गौरब ?

सकेसम्म अरुलाई बाधा पार्नु हुदैन थ्यो
लखेटेर न टेर्दैमा होलीको के छ गौरब ?

देशका यी युवालाई संदेश ठेल्नु पर्दछ
बिकृति ट्वाल्ल हेर्दैमा होलीको के छ गौरब?

प्रतिक्रिया