अर्चना पनेरुले यौन सम्बन्ध राख्न नमानेपछि… (भिडियोसहित)

इनेप्लिज २०७२ चैत ८ गते १८:५६ मा प्रकाशित

12596152_958561667568623_1939452672_n

काठमाडौं । पोखरामा सोमबार पक्राउ परेकी पोर्नस्टार बन्न कसरत गरिरहेकी मोडल अर्चना पनेरुले आफूले यौन सम्बन्ध राख्न नमानेपछि फिल्म निर्देशकले फसाएको बताएकी छिन् । पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालय कास्की परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनाको कारण सोध्दा यसअअघि अन्तर्वार्तामा भनिसकेको बताइन् । यसअघिको अन्तर्वार्तामा उनले केही फिल्म निर्देशकले यौन सम्बन्ध राख्न दिए फिल्म खेलाउने बताएको सनसनीपूर्ण वयान दिएकी थिइन् । आज पनि भिडियो अन्र्वार्ता दिँदै उनले भनेकी छिन्- हामीलाई फसाइएको हो । मैले पोर्नस्टार बन्ने इच्छा राखेको हो । म अहिले नै पोर्नस्टार बनिसकेको छैन् । मेरै कारणले फिल्मलाई अनुमति दिनुमा एउटा कारण जून मैले अघिल्ले अन्तर्वार्तामा भनिसकेको छु अहिले भन्न चाहन्न् । यो सब त्यही कारण रचिएको षडयन्त्र हो ।’ उनले भनिन् । अर्चनाका अनुसार यौन सम्बन्ध राख्न नमानेपछि चलचित्र विकास बोर्डले अनुमति नदिएको बुझिन्छ । उनले अबको ४ वर्षभित्रै पोर्नस्टार बन्ने र आफ्नो पोर्न फिल्म सबैले हेर्न पाउने बताइन् । ‘पोर्न फिल्म आउन तीनदेखि चार वर्ष लाग्छ । त्यो बेलासम्म नेपाली फिल्ममा खेल्छु,’ अर्चनाले भनिन् । सोमबार फिल्म जिस्मको शुटिङ गरिरहेका बेला पोखरामा अर्चनासहित फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया