अमेरिकाको टेक्सासमा नेपाली पत्रिका युएस खवर प्रकाशन सुरु

इनेप्लिज २०७२ चैत ८ गते १८:१५ मा प्रकाशित

12722475_1094994837230577_1431667395_o

टेक्सास मार्च २१

झण्डै १ लाख नेपाली र नेपाली भाषीको बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालसबाट नेपाली पत्रिकाको प्रकाशन शुरु भएको छ । यस अघि युएस खवर अनलाईन प्रकाशन गर्दै आएको समूहले आज देखी युएस खवर नेपाली पाक्षिक पत्रिकाको पहिलो अंक बजारमा ल्याएको हो ।

सबैका समाचार सबैका विचार नारा सहित प्रकाशन शुरु गरिएको २४ पृष्ठको यो पत्रिका रंगीन पृष्ठमा प्रकाशन भएको छ । पत्रकारीता र समाजसेवाको पृष्ठभूमि बोकेका यूवाहरुको सकृयतामा यो पत्रिका प्रकाशन भएको हो । टेक्सास राज्यको अफिस अफ द सेक्रेटरी अफ स्टेटमा दर्ता भएको यो पत्रिकाको दर्ता नम्वर ८०२३९९३४० Uskhabar.एलएलसी रहेको छ ।

12895490_1096603183736409_1718966013_n

पत्रिकाको कार्यकारी निर्देशकमा नेप्लीज सोसाइटी टेक्सासका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी भुवन आचार्य हुनुहुन्छ । त्यसैगरी प्रधान सम्पादक लेखनाथ गौतम ,सम्पादक किशन रेग्मी ,प्रबन्ध सम्पादक ओम भटटराई र प्रबन्ध सह सम्पादक प्रभात सापकोटा रहनु भएको छ । पत्रिकाको अतिथि सम्पादक भने नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद लोकराज अधिकारी हुनुहुन्छ । युएस खवर पाक्षिक मार्फत पाठक माझ सहि सूचना र स्वस्थ मनोरन्जनका खुराक पस्कने र जिम्मेवार पत्रकारीताको अभ्यासलाई स्थापीत गर्ने कार्यकारी निर्देशक आचार्यले बताउनु भएको छ ।

12516472_1096598907070170_911033887_n

पत्रिकाका प्रधान सम्पादक गौतमले पत्रिकालाई टेक्सास राज्यका सबै नेपालीको सूचनाको सारथी बनाउन हरदम प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यसैगरी सम्पादक मण्डलका रेग्मी भटटराई र सापकोटाले युएस खवरलाई मर्यादित पत्रकारीताको नमूना बनाउन सबैको साथ सल्लाह र सुझावको अपेक्षा गरेको बताउनु भयो । त्यसैगरी नेपालमा रहेका अतिथि सम्पादक अधिकारीले नेपाल र बिश्वमा छरिएर रहेका नेपालीलाई जोडने पुलका रुपमा यो पत्रिकालाई ग्रहण गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया