नेपाली कांग्रेसको १३ महाधिबेशन बाट शेर बहादुर देउवा पार्टी सभापतिमा निर्बाचित पश्चात नेपाली कांग्रेस पार्टीको पहिलो केन्द्रीय बैठक समेत सम्पन्न भै सकेको छ ! देउवा पार्टी सभापतिमा बिजय भए पछि ६०,४० को भाग बण्डाको अवास्कता रहेन ४० मूल्य बढेर १०० पुगी सक्यो यो एउटा सबल पक्ष हो ! पार्टी सबल हुनका लागि नेता कार्यकर्तामा सबलता,आचरण,कार्यक्षमतामा निर्भर रहन्छ ! पार्टी नेतृव बाट दिएको निर्देशनलाई जनताका घरदैलो पुर्याउदा नेतृव गर्ने व्यक्तिको आचरण लाई जनताले महत्वपूर्ण रुपमा हेरेका हुन्छन ! पार्टीको अन्तरिक प्रतिस्पर्धा बाट चुनाब जितेका प्रतिनिधीहरु मात्र लैसेन्स प्राप्त कांग्रेस होइन्न भन्ने कुरा पार्टी सभापति बाट बुज्नु पर्ने हुन्छ !
कांग्रेस एक ढिक्का भएको सन्देश प्रबाह गर्नका लागि पार्टी सभापतिले महत्व पूर्ण भूमिका निर्बाह गर्नु पर्ने बेला आएको छ ! जित्नेलाई आशन, चुनाब लड्ने लाई अवसर महाधिबेशन प्रतिनिधी लाई गतिशिलता प्रधान गर्न सकेमा मात्र पार्टी चलायमान हुन्छ ! पार्टीको सन्देश बाहकको रुपमा कन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सबै कार्यकर्ता पार्टीका नेता हुन् जसले कांग्रेस पार्टी लाई मात्र होइन देश संचालनमा समेत हैसियत राख्न सक्छन भन्ने कुरामा पार्टी सभापति बाट महत्व पूर्ण भूमिका निर्बाह सबै लाई समान अवसरको बाताबरण मिलाउन सक्नु पर्छ ! पार्टी भनेको माहुरीको घार हो पार्टी सभापति रानी हो ! कांग्रेस गाउ गाउमा छ !! कांग्रेस मृत्युशैयामा परेको छ ! कांग्रेस गाउमा नेताविहीन बसेको छ ! कांग्रेसका आवाज लाई प्रतिनिधित्व गर्ने दरिलो नेताको अभाब छ ! कांग्रेस केन्द्रमा छ जो दाम लिएर नाम बिक्रि गर्दै नेता उत्पादन गर्छ, तै पनि कांग्रेस बचेको छ बि. पी. कोइराला लाई सम्मान गर्दै हरेक बिहानी जनतालाई जय नेपाल गर्छ !
नेपालको ७५ जिल्ला मध्ये ३० जिल्लामा कांग्रेसको केन्द्रिय समितिमा पहुच छैन यो गम्भीर बिषय हो ! नब निर्बाचित पार्टी सभापति बाट मनोनित गरिएका ७ जना व्यक्तिवहरु लाई कन्द्रिय सदस्यमा मनोनित गर्ने विचार लाई स्वागत नै छ तर स्वीकार गरेर पदिय भार ग्रहण गर्नु महानता होइन कायरता हो भन्ने कुरा हामीलाई लागेको छ ! धोति , लगौटी ,सडकमा पुगे पछि लाज बचाउन देउवाको शरणमा जानु लाई हैसियत गुमिसकेको आबस भएकोछ हिजो सुसिल कोइराला हुदा बाघ थियेउ आज स्याल भएको आभास गरेकोमा धन्यबाद ! यो हाम्रा युबा चौथो गलत निर्णय हो , पाए जति , भ्याउने जति सबै चाहिने कांग्रेस भनेको तिमिहरु मात्र हौ, तिमीहरु बिना चल्दैन भन्ने सोचलाई मान्नु पर्छ ! भोलिका दिनमा ससदीय टिकट पनि चाहिने होला नत्र त् फेरि कन्द्रिय कार्यालयमा पासोमा झुन्डिने बेर छैन बुद्धिको बिर्को कहिले नखुल्ने भयो ! एक सक्षम नेतामा हुनु पर्ने गुण भएमा केन्द्रिय समिति बाट राजिनामा गरि गाउका ७ कांग्रेस कांग्रेसलाई मौका देउ उदाहरण बन्ने छ नत्र कलंकको टिका जिबन भर् रहने छ ! जय नेपाल मित्र हरु !! कांग्रेस पार्टी धर्यताका साथ सम्बेदनशिलता लाई मुल्कांकन गरि अगि बढने बेला आएको छ !
एकतिर मदेशको अधिकारको बारेमा जनतालाई बुझनु पर्ने कडा चुनौती सगै संघिय प्रदेशको प्रादेशिक सिमाना, गाउ नगर समितिमा जनप्रतिनिधि बिहिन भएको हुदा निर्बाचन अपरिहार्यता छ ! कांग्रेस ठुलो पार्टी भएता पनि आवासक बहुमत नभएको कारण बाट विपक्षमा बस्नु परेको बद्यता छ ! देशमा रहेका विद्यमान समस्यालाई समाधान गर्न र स्थानीय निर्बाचन गर्नका लागि कांग्रेस पार्टीले सबै राजनैतिक पार्टीलाई मिलाएर लैजानु पर्ने, साथै संविधानको क्रियाशीलता संघिय राज्यको आधारभूत आवस्कता लाई पुरा गर्नका लागि सबै राजनैतिक पार्टीहरुको मिलेमतो बाट मात्र सम्भब छ ! मुलुकको समस्या लाई समाधान गर्ने सामर्थ्य कांग्रेस पार्टीमा मात्र छ ! अन्य राजनैतिक पार्टीहरु भन्दा जनताले बादी आशा गरिएको पार्टी कांग्रेस नै हो भन्ने कुरा देउवाले बुजेका छन् तर पार्टीमा रहेका बिबिध समस्या लाई खरो रुपमा समाधान गर्न सके मात्र पार्टीलाई बहुमत आउन सक्छ भन्ने कुरा देउवाले राम्रै सग बुझेका छन् ! पार्टीले जनताको मन जित्नका लागि देउवाले कठोर नीति अपनाउनु पर्ने हुन्छ ! कठोर नीतिलाई अबलम्बन गर्दा भोलिको दिनमा कांग्रेस पार्टीमा बहुमत प्राप्त गर्न सकेन भने भोलिका दिनमा पार्टी सभापति आफनो पोल्टा बाट भाग्ने छ ! देउवाका चुनौती !! {१} एक कांग्रेस पार्टी सभापतिमा चित्त बुझाएर बस्ने {२} सभापति तथा महान नेता बन्ने !!
यो चुनौती बहुत जटिल छ ! महान नेता बन्नका लागि पार्टीको अन्तरिक ब्यबस्थापनमा कडा रुपमा प्रस्तुत हुनु पर्ने हुन्छ जसले गर्दा हिजो देउवा पछाडी रहेका गलत सक्ति लाई छोडेर अगि बढ्नु पर्ने अवस्था आउन सक्छ देउवाले २ वटा नौकामा खुटा राखेर नौका चल्ने अवस्था छैन भने हिजो सुसिल कोइरालाको आडमा बसेर हाली मुवाली गरेका लाई समेत छोडेर ससंखा अगि बढ्नु पर्ने हुन्छ यसो गरे मात्र जनता कांग्रेसका पछि आउने छन् यदि चुनाबमा बहुमत प्राप्त गरे देउवा ससंख दुवै महान नेता बन्ने छन ! कदाचित चुनाबमा बहुमत आउन नसके नैतिक संकटको सामना गर्नु पर्ने हुन्छ ! मेरो सामान्य बुझाइमा कांग्रेसका कहिँ व्यक्तिलाई पछि राखी असल छबि भएका नेता अग्रभागमा आएमा कांग्रेस पार्टी जनताका घर दैलोमा पुने छ कांग्रेस पार्टी नै मुलुकको ठुलो पार्टी हुने छ !! जय नेपाल !!
प्रतिक्रिया