बिश्व क़ुइन्स चलचित्र महोत्सव पुरस्कार समारोहमा आचार्य उत्कृष्ठ छायाकार घोषित

इनेप्लिज २०७२ चैत ७ गते १६:५८ मा प्रकाशित

8

अमेरिकाको न्युयोर्कमा सम्पन्न छैठौ बिश्व क़ुइन्स चलचित्र महोत्सव पुरस्कार समारोहमा नेपालका रबिन आचार्यले उत्कृष्ठ छायाकारको पुरस्कार हात परेका छन् l न्युयोर्कको क़ुइन्समा गत मार्च १५ देखि २० सम्म भएको चलचित्र महोत्सव पुरस्कार समारोहमा उनको चलचित्र “डाइंग क्यानडल ” ले उक्त पुरस्कार प्राप्त गरेको छ l

र लघु चलचित्र “डाइंग क्यानडल” रबिन आचार्य तथा भारतीय चलचित्रकार दिपाङ्कर सिक्दरले छायांकन गरेका थिए l यसै गरि उक्त समारोहमा बिमिना रंजितले निर्माण गरेको वृतचित्र ” रिभाईभिंग नेपाल भाषा ” पनि पुरस्कृत भएको छ l

5

मार्च १५ देखि २० सम्म भएको नेपाली चलचित्रहरु समारोहमा प्रदर्शन भएको थियो l जस्मा अरुण देव जोशीको निर्माण गरेको लघु चलचित्र कमारो ,रिभाईभिंग नेपाल भाषा वृतचित्र साम शाक्यले निर्देशक गरेका हुन् भने “डाइंग क्यानडल” को निर्देशन नरेश कुमार केसीले गरेका हुन l

7 6 3 2 1

तस्बिर सौजन्य :/समाचार योगदान: अनुज थापा ,न्युयोर्क

प्रतिक्रिया