पर्खाल नाघेर अमेरिका पसेका युवक यसरी विश्वको सर्बोत्कृष्ट अस्पतालका प्रख्यात शल्य चिकित्सक बने

इनेप्लिज २०७२ चैत ६ गते १६:२८ मा प्रकाशित

alfredo 1

दृढ संकल्प र ईक्षा शक्ति मानव भित्र निहित छ भने कुनै पनि चिजले रोक्न सक्दैन भन्ने प्रमाण अबैध रुपमा अमेरिका छिरेका मेक्सिकोका एक युवाले बिश्वलाई चकित गरि दिएका छन् l जहा ईक्षा त्यहाँ उपाय भने झैँ मेक्सिको मेक्सिकाली नगर पालिका १९ बर्षीय युवा क्विनोंस हिनोजोसाले सबैलाई सोच्न बाध्य पनि बनाई दिएका छन् l

१९८७ मा १९ बर्षको उमेरमा अमेरिका र मेक्सिको सिमामा रहेको डरलाग्दो काँडे तार बाट हामफाली अमेरिका छिरे l उनको पहिलो प्रयासमा सफल भएनन् र प्रहरीको फन्दामा परे l उनलाई आफ्नो देश फर्काई दियो l

alfredo 3

अमेरिका जानु नै छ भन्ने मन भित्र लागे पछि दोश्रो पटक गैर कानुनी रुपमा तगारो नाघ्ने प्रयास गरे l दोश्रो पटकमा उनि सफल पनि भए l जुन समयमा अमेरिका अबैध रुपमा छिरेका थिए ,त्यस समयमा नत उनि अंग्रेजी बोल्न पनि जान्दथ्ये नत उनि संग फुट्टी कौडी थियो l

जटिल अवस्थाबाट गुज्रिएर अमेरिका जस्तो मुलुकमा ठुलो संघर्ष गर्दै उनि भित्र रहेको उर्जा शक्ति तथा अद्वितीय अभिलाषाको कारण कदम अगाडी बढ्दै गए l हाल अमेरिकाको बाल्टिमोर स्थित बिश्व कै सर्बोकृस्ट अस्पताल जन हप्किन्सका स्नायु बैज्ञानिक तथा प्रख्यात स्नायु शल्य चिकित्सक हुन सफल भएका छन् l मानब जातिको लागि प्रेरणाको श्रोत बनेका छन् चिकित्सक क्विनोंस l चिकित्सक क्विनोंस अत्यन्तै मृदुभाषी ,मिलनसारको साथै अविष्कारशीलता पनि छन् l

alfredo 2

जीवनमा उनले दुख झेलेको हुनाले आफ्ना बिरामीहरुलाई आफै अभिनन्दन गर्दै आफै हात मिलापको लागि हात बढाउदछन र उनको ब्यबहार अद्वितीय छ l उनले जीवनमा धेरै दुख पाएको र ५ बर्षको उमेरमा आफ्नो परिवारको लागि आर्थिक सहयोग गर्ने हेतुले मुद्रा कमाउन उनि बस्ने नगरपालिकाका ईन्धन चौकी(ग्यास स्टेसन )हरुमा खाने कुरा बेचेको उनले अन्तर्वार्तामा भनेका छन् l
यद्धपि उनि गरिब थिए तर पाठशालामा अन्य बिद्यार्थीको तुलनामा अत्यधिक राम्रो गरेकोले १८ बर्षको उमेरमा शिक्षकको अनुमति पत्र हासिल गरेका थिए l जीवनमा कसरि अगाडी बढ्ने भन्ने चिन्ताले उनलाई सतायो l कुनै हालतमा जीवन बनाउनु छ भन्दै उनले अमेरिका गैर कानुनी रुपमा अमेरिका छिर्ने निधो गरे l जुन जोखिम थियो तर उनका ठुला सपना थिए l

काडे तगारो नागेर अमेरिका छिरेका डा क्विनोंसले क्यालिफोर्नियामा कपास ,टमाटर ,मकै ,ब्रोकाउली टिप्ने तथा रंग रोक्न गर्ने काम गर्न बाध्य भए l यस्तो समय पनि आयो उनि झन्डै मृत्युको मुखमा परेका थिए l २१ बर्षको उमेरमा रेल सडकमा दुर्घटना भयो l उनि १८ फिट मुनि रिक्त पेट्रोल बोक्ने ट्यांकीमा खसे पनि बाच्न सफल भए l अस्पतालको सघन कक्षमा भर्ना भए पनि पुनर्जीवन पाए l

alfredo 4

                                                                         जन हप्किन्समा 

१९९२ मा रेल सडकको काम त्याग्दै क्यालिफोर्निया बर्केली बिश्व बिद्यालयमा मनोविज्ञानमा भर्ना भए l अंग्रेजीमा कम्जोर भएको कारण संघर्ष निकै गर्दै त्यहि समयमा उनले क्याल्कुलस (गणित ),भौतिक बिज्ञान तथा रसायन शास्त्रको पाठ्यक्रम लिए l पढाई सम्बन्धि निर्णय गर्न हम्मे हम्मे पर्यो उनलाई l

उनि कानुन तथा चिकित्सा कुन क्षेत्रमा अध्ययन गर्ने दोधारमा परेको अवस्थामा उनकी मेक्सिकोमा रहेकी हजुर आमाको सुझाब अनुसार चिकित्सा क्षेत्रमा लागे l उनि निकै मेधावी छात्र र सरस्वतीका वरद पुत्र भएकाले उनि सजिलो संग उत्रीण भए l सिमा नाघेर गैर कानुनि रुपमा अमेरिका पसेका एक युवा बिश्व प्रसिद्ध अस्पताल जन हप्किन्सका ख्याती प्राप्त स्नायु शल्य चिकित्सक भए l

alfredo 3

अदम्य साहस तथा परिश्रमी मेक्सिकोका युवा २००५ देखि अमेरिकाको बाल्टिमोरको जन हप्किन्समा मस्तिष्क अबुर्द रोग (ब्रेन क्यान्सर )तथा अबुर्द ग्रन्थि सम्बन्धि विशेषज्ञता गरि रहेका छन् l उनि अहिले सहायक प्राध्यापक न्युरो सर्जरी ,एसोसिएट प्रोफेसर अफ अनकोलोजी , डिरेक्टर अफ ब्रेनट्युमर सर्जरी प्रोग्राम जन हप्किन्स भ्यु मेडिकल सेन्टर तथा जन हप्किन्सका पिटुटरी सर्जरी

मेक्सिकोमा शिक्षक बन्ने चाहना राख्ने युवा अमेरिका मात्र नभई बिश्व कै चर्चित शल्य चिकित्सक भएका छन l उनले अन्तर्वार्तामा भनेका छन म वास्तबमा नै खानाको लागि भोको थिए l मेरो पेट भोको थियो l उनका एक नातेदारले उनीलाई टमाटर ,कपास ,मकै ,ब्रोकाउली टिप्ने काम गर्दा जीवन भर यस्तै काम गर्नु पर्ने छन् भने पछि उनि भित्र खुल्दुली मच्चियो l

130523145033-dr-q-welder-horizontal-large-gallery

                         स्याउ टिप्ने काम छोडेर रेल मार्गमा फलाम जोड्ने काम गर्दाको अवस्था 

त्यहाँ देखि एक दृढ संकल्प गरि त्यो दुनिया बाट उम्किनु पर्छ भन्ने सकारात्मक सोचले उनलाई यो अवस्थामा पुर्याएको अन्तर्वार्तामा भनेका छन् l विश्व भरका मानिस अमेरिका आउन किन मरी हत्ते गर्छन त आखिर मा ? किनभने अमेरिका सपनाको संसार हो l हामी सबैको अन्तिम चाहना र ईक्षा नै अमेरिका हो l

अमेरिका अवसरको भुमि हो l डा अल्फ्रेडो सबैको लागि उत्प्रेरक बनेका छन् l उनि बाट युवाले ठुलो पाठ सिक्नु पर्ने हुन्छ l बुद्धिमान तथा प्रतिभा भएका कसैले पनि अमेरिकामा ठुलो फड्को हान्न सक्छ l डा अल्फ्रेडो हामी सबैका उत्प्रेरक हुन् l

130523124024-dr-q-brain-images-horizontal-large-gallery

                                                           जन हप्किन्समा व्यस्त 

130523151835-dr-q-trailer-horizontal-large-gallery

                        मेक्सिको बाट गैर कानुनि रुपमा छिरे पछि उनि यस्तो सानो चलायमान घरमा बस्थे 

तस्बिर श्रोत :सीएनएन /जन ह्पकिंस

प्रतिक्रिया