मनिषा कोइरालाले अस्वीकार गरिन बाबुराम भट्टराईको प्रस्ताव

इनेप्लिज २०७२ चैत ६ गते १४:०९ मा प्रकाशित

Pakistan

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले डा. बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार गरेकी छिन् । शुक्रबार नयाँ शक्तिका संयोजक डा. बाबुराम आफैले टेलिफोन गरेर क्लिन र ग्रिन काठमाडौं अभियानमा सहभागी भइदिन गरेको प्रस्तावलाई मनिषाले अस्वीकार गरेकी हुन् । मनिषा केही दिनदेखि काठमाडौंमा छिन् । बाबुरामले निम्तो दिएपनि शनिबार विहान पशुपति क्षेत्रमा नयाँ शक्तिले सञ्चालन गरेको अभियानमा मनिषा सहभागी भइनन् । नयाँ शक्तिकी सचिवालय सदस्य करिष्मा मानन्धर भने सफाइ गर्न खटिएकी थिइन् । कुनै काममा पनि आवश्यकता भन्दा प्रचार प्रसार गर्ने बाबुरामले यो अभियानमा मनिषालाई सहभागी गराएर झन चर्चित बनाउन खाजेका थिए । तर, मनिषा नआईदिएपछि बाबुरामलाई तनाव भएको छ ।

प्रतिक्रिया