मिस एसएलसी आइडोल २०१६ हुने

इनेप्लिज २०७२ चैत ६ गते ०:२७ मा प्रकाशित

t5

काठमाडौँ ,ट्रिनिटी मार्केटिंग एण्ड इवेन्ट म्यानेजमेन्ट प्रा लि ले मिस एसएलसी आइडोल २०१६ को आयोजना गर्ने भएको छ l मिस एसएलसी आइडोल २०१४ ,मिस एसएलसी आइडोल २०१५ तथा अन्य कार्यक्रम गर्न सफलता पूर्वक सम्पन्न गरि सकेको ट्रिनिटी मार्केटिंगले यस बर्ष तेश्रो  मिस एसएलसी आइडोल २०१६ को अन्तिम प्रतियोगितात्मक प्रतिस्प्रद्धा जेष्ठ महिनाको पहिलो हप्तामा गर्ने भएको छ l

तेश्रो मिस एसएलसी आइडोल २०१६ का बिजेताले रु ५० हजार नगद ,छात्रवृति तथा उपहार ,प्रथम उप बिजेताले रु २० हजार नगद ,छात्रवृति तथा उपहार तथा द्वितीय उप बिजेताले रु १० हजार नगद ,छात्रवृति तथा उपहार प्राप्त गर्ने छन् l

t7

झन्डै कुल रु ८० हजार प्रदान गरिने मिस एसएलसी आइडोल २०१६ मा सहभागी हुने सबैले प्रतियोगीहरुले २५ प्रतिसत छात्रवृति पाउने जानकारी आयोजक ट्रिनिटी मार्केटिंग एण्ड इवेन्ट म्यानेजमेन्ट प्रा लि कि अध्यक्ष तथा संचालक सावित्री सुनिता ढुंगानाले बताएकी छिन् l

संचालक ढुंगानाले बिशेष जानकारी दिदै सबैले समान अवसर पाउन भन्ने मुख्य अभिप्राय तथा उनीहरुमा लुकेको अन्तर प्रतिभा तथा व्यक्तित्वलाई प्रस्फुटन गर्ने उदेश्य रहेको बताइन l

t 1

प्रतियोगिता १० कक्षाका सबैलाई मौका दिने र सहभागी हुन् पाउने छन् l प्रवेश शुल्क रु ५ सय राखिएको छ भने उक्त प्रतियोगिताको लागि २५ दिनको तालिम स्वरुप ८ हजार सहभागीले बुझाउनु पर्ने हुन्छ l

सबै दरखास्तवालाले प्रतिभा परिक्षणमा भाग लिने छन् भने उत्कृस्ट सहभागीहरुको चयन समितिले गर्ने छ l निबेदन बुझाउने समयमा अन्तर्वार्ताको समय तथा मिति तिथि जानकारी दिइने भएको छ l

संचालक ढुंगानाले अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाच घरमा जेष्ठको पहिलो हप्ता हुने बताउदै सहभागीहरुलाई हरेक दिन ३ देखि ६ बजे सम्म तालिम दिईने बताईन l र ,उक्त तालिममा भेषभुषा अन्तर्गत बिरालो चाल हिडाई ,कपाल शृंगार ,व्यक्तित्व तथा नेतृत्व विकास तथा अन्य बिबिध बिषयमा समेत तालिममा उपलब्ध गराइने भएको छ l

IMG_7910

sabitri 1

प्रतिक्रिया