नेपालमा पत्रकारिता अझ व्यावसायिकता हुन् सकेको छैन : बरिष्ठ पत्रकार टंक पन्त

इनेप्लिज २०७२ चैत ५ गते १२:०१ मा प्रकाशित

tank pant

नेपाल समाचारपत्रका सम्पादक तथा बरिष्ठ पत्रकार टंक पन्त अहिले अमेरिकाको भ्रमणमा हुनु हुन्छ l वहा डिसी महानगर क्षेत्रको भ्रमणको अवसरमा डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज संग गर्नु भएको कुराकानीमा हामीले पत्रकारिता तथा सेरोफेरोका बिषयमा जिज्ञाशा राख्दा वहाले नेपालमा पत्रकारिता अझ व्यावसायिकता हुन् सकेको छैन भन्नु भयो l

कुराकानीको शिलशिलामा अमेरिका भ्रमण को मुख्य उदेस्य बारेमा प्रकाश पर्दै आफु न्युयोर्क स्थित सयुक्त राष्ट्र संघको महिला सम्मेलनमा भाग लिन आएको बताउनु भयो l वहाले अगाडी भन्नु भयो उक्त महिला सम्मेलनमा बिश्व भरका सरकारी तथा गैर सरकारी प्रतिनिधि मण्डल गरि झन्डै ६ हजार जति सहभागीता रहेको जानकारी दिनु भयो l

बरिष्ठ पत्रकार टंक पन्तले आफु नेपाल सरकारको प्रतिनिधि मण्डल सदस्यको हैसियत बाट सहभागी भएको जनाउदै सरकारले मन्त्रि मण्डल बाट गरेको निर्णय बाट पत्रकारिताको प्रतिनिधित्व गर्दै आफुले अवसर पाएको बताउनु भयो l आफु संग मन्त्रि सिपि मैनाली सहित ११ जना को सरकारी प्रतिनिधि तथा ३० जना गैर सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको जनाउनु भयो l

tank 1

र कुराकानीको शिलशिलामा महिला सम्मेलनमा कुन कुन मुद्धाहरुमा छलफल हुन्छ भन्ने जिज्ञासामा वहाले महिला अधिकार तथा महिलाका आवाज ,मानव अधिकार ,सामाजिक न्याय आदि ईत्यादी बिषयमा छलफल हुने र अझ पनि त्यो क्रम जारी रहेको बताउनु भयो l

वहाले थप जानकरी दिदै आफुले पनि संचार कर्मिको हैसियतले संचार माध्यमको भूमिका बारेमा ३ मिनेट बोल्ने अवसर पाएको बताउनु भयो l मन्त्रिले पनि आफ्नो कुरा राख्नु भएको जानकारी दिनु भयो l

यसको अतिरिक्त हामीले वहालाई संचार कर्मिको मुख्य समस्या , नक्कल र टाँस (कपि पेस्ट ),पत्रकारहरु विदेश पलायन ,अमेरिकाका नेपाली पत्रकारितालाई कसरि हेर्नु हुन्छ तथा अमेरिकामा रहेका नेपाली पत्रकारलाई के संदेश दिन चाहनु हुन्छ भन्ने जिज्ञासामा सम्पादक तथा बरिष्ठ पत्रकार टंक पन्त को यस्तो जवाफ रह्यो l

tank 2

नेपालमा संख्यात्मक रुपमा पत्रकारको विकास भएको कुरामा कुनै दुई मत छैन l गुणात्मक पत्रकारको अझ कमि छ l तर अझ पनि व्यावसायिक पत्रकारिताको विकास हुन् सकेको छैन l नेपलम अधिकांस यसै पेसालाई मात्र अंगाल्न सक्ने अवस्था छैन l जिविको पार्जन गर्न अन्य ईलम तथा अतिरिक्त काम गर्नु पर्ने अपरिहार्यता देखिने भएकोले यत्र तत्र लाग्ने बताउनु भयो l विदेश पलायन जाने क्रम पनि बढ्दो छ भन्नु भयो l पत्रकारिताले मात्र आर्थिक आर्जन गर्न हम्मे हाम्मे हुने समेत भएकोले बिकल्प संचार कर्मीले बिकल्प खोज्ने र मुग्लान पस्ने बताउनु भयो l आर्थिक पक्ष सबल गर्न पेसामा भबिष्य नदेखेको पछि भौतारिने हुन्छन भन्नु भयो l

वहाले उदाहरण दिदै चालिस देखि पचास प्रतिसत पत्रकारके राम्रो गरे पनि दस प्रतिसतले नराम्रो गरि दिदा समाजले नराम्रो देख्ने र पत्रकार यस्तै हुन् भन्ने आरोप लाग्ने बताउनु भयो l

नेपालमा पत्रकारिता अंगालेका र यहाँ पनि पेसालाई निरन्तरता दिदै अमेरिकामा रहेका नेपाली संचार माध्यमको प्रसंसा गर्दै व्यस्त समयको बाबजुद पनि समय खर्चिएर यहाँका बिषय वस्तुलाई नेपाल र नेपाली समुदाय समक्ष पुर्याउनु ठुलो काम भयेकोमा आफुलाई गर्ब लागेको बताउनु भयो l

tank pant 1

कुराकानीको शिलशिलामा पत्रकारितामा नक्कल र टाँस सम्बन्धि जिज्ञासा राख्दा पन्तले भन्नु भयो ,कपि र पेस्ट गर्ने चलन को व्यापक छ l तर त्यस्तो गर्दा श्रोत खुलाउनु पर्छ त्यसो गरे समाचार आधिकारिक हुन्छ l र पत्रकारिताको धर्म निभाउनु पर्छ l बिधुतिय पत्र पत्रिकामा यस्तो अत्यधिक गरिएको देखिएको हुन्छ भन्दै यसलाई ब्यबस्थित गर्नु पर्ने अहिलेको अपरिहार्यता रहेको बताउनु भयो l

बिधुतिय पत्रिका / अंकीय पत्रिकालाई ब्यबस्थित गरेन भने यसले राम्रो गर्दैन र बिकृति आउने बताउनु भयो l अमेरिका देश पद्धतिमा चलेको छ तर नेपाल छैन l नेपालमा जे गरे पनि छुट हुने हुन्छ भन्नु भयो l वहाले अगाडी भन्नु भयो जहाँ संकट हुन्छ त्यहाँ समाधान पनि हुन्छ l

अमेरिकाका रहेका सबै संचार कर्मीलाई पत्रकारिताको धर्म पालना गर्दै आफैले सकारात्मक सोच बनाएर अगाडी बढ्दा पेशाको मर्यादा वृद्धि हुने आफुलाई लागेको बताउनु भयो l आफु मार्च २५ तारिख न्युयोर्क बाट नै नेपाल प्रस्थान गर्ने बताउनु भयो l

प्रतिक्रिया