एकताको लागी लैङ्किक समानताको संदेश दिदै अमेरिकाको ऎतिहासिक शहर बर्कलीमा नेपाली महिला विश्व संजाल क्यालिफोर्निया च्याप्टरले १०६ औ अन्तरराष्ट्रिय नारी दिवस गत मार्च १२, २०१६ साँझ भव्यताका साथ मनायो । कार्यक्रमको उद्घाटन सँस्थापक अध्यक्ष बिष्णु गुरुङ “एकता” द्वारा आफ्नो शिरबाट जिम्मेवारीको मुकुट र एनडब्लुजीएन कुईनको फित्ता बर्तमान अध्यक्ष गीता श्रेष्ठलाई लगाई गरिएको थियो l
संस्थाकी अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा र संस्थाकी कोषाध्यक्ष लक्ष्मी खरेलको संयोजकत्वमा भएको थियो l उक्त कार्यक्रममा प्रमुख अतिथि संगीता लम्साल सिवाकोटी ,बिशेष अथिति ,कलाकार नलिना चित्रकार तथा प्रमुख प्रवक्ता- डिसी क्षेत्र कि अधिवक्ता बन्दिता शर्मा दाहाल हुनु हुन्थ्यो l
साँकृतिक कार्यक्रमको संयोजक बिन्दु सापकोटाले गरेकी थिइन् भने फोटो पत्रकार बिनोद के. सी. ,भिडियो तर्फ अर्जुन के. सी. तथा साउण्ड सि स्टम डि. जे. मा सन्दीप बाबु चौधरी रहेका थिए l
कार्यक्रमको पहिलो चरणमा समाजका अग्रज महिला एवं पुरुष व्यक्तित्वहरुलाई कार्यक्रम संयोजक लक्ष्मी खरेलद्वारा खदा लगाउदै आशन ग्रहण गराएका थिए। त्यस्तै शुभकामना एवं मन्तब्य दिने व्यक्तित्वहरुमा लक्ष्मी खरेल, बिशेष अतिथि नलिना चित्रकार, संस्थाकी सल्लाहाकार शिला तिमसिना, वर्कली मकालु लाईन्स क्लबकी अध्यक्ष मनोहरा थापा बोगटी, सन्नी सगरमाथा समाजका पुर्वअध्यक्ष हरिहर दाहाल, प्रमुख अतिथि संगीता सिवाकोटी, मुख्य प्रबक्ता वकिल बंदिता शर्मा दाहाल र संस्थाकी सँस्थापक बिष्णु गुरुङ “एकता” हुनुहुन्थ्यो।
त्यस्तै समाज सेवी प्रति उत्तरदाई व्यक्तित्वहरुको योगदानको कदर गर्दै प्रसंसा पत्रले सम्मानित हुनु हुनेहरुमा जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरकी उपाध्यक्ष तारा बराल र हिमालयन शेर्पा क्लब सोनामा थिए भने यस बर्ष संस्थाको प्रेसिडेण्ट अवार्ड सँस्थापक सदस्य बिन्दु सापकोटा तथा आउटस्टाण्डिङ्ग लिडरसिप अवार्ड संस्थापक बिष्णु गुरुङ “एकता” लाई प्रदान गरिएको थियो l
एकेडेमिक अचिभमेन्ट अवार्डले सम्मानित हुनेहरुमा मन्दिरा श्रेष्ठ, मीजिला महर्जन र आश्मिता बराल थिए। सभाध्यक्ष गीता श्रेष्ठले सम्पूर्ण उपस्थित एवं कार्यक्रम सफल बनाउन योगदान पुर्याउनेहरु प्रति धन्यबाद ज्ञापन गर्नु भयो।
जागौ उठौ दिदीबहिनी हाम्रो ईतिहास कोर्न भन्ने जागरणमूलक संदेश दिदै लक्ष्मी खरेलको साथमा सँस्थाका सम्पूर्ण टिम नाच्दै मनोरन्जात्मक साँस्कृतिक कार्यक्रमको शुरुवात गरेको थियो। उक्त कार्यक्रममा भाग लिने कलाकारहरुमा ,संगीता शर्मा ,अन्द्रिला क्षेत्री, प्रार्थना कार्की, श्रुति पर्शाई, निशा दवाडि, भविश्य फूयाल, सुनिता थापा, संगीता गुरुङ, समान्त गुरुङ, रिति जोशी एवं साईमन थिए l
त्यस्तै “मलाई थाहा छ, म को हुँ” नाटक शिर्षकमा भाग लिने कलाकारहरु राधा शर्मा, बिष्णु सुबेदी, सुनिता सापकोटा, कमला लामा,तारा चालिसे, गीता डंगोल, अनिता सिङ्गदेल थिए भने प्रिश्किला दाहाल ररिता देवी प्रधानको नारीमूलुक कविता बाचनले बाताबरण अझ रमाईलो बनाएको थियो।
४ घण्टाको सम्म चलेको उक्त क्रार्यक्रममा उद्घोषिको भूमिका बिष्णु सुबेदी, संगीता गुरुङ, रीमा र रिचा शर्माले निभाउँदै जनचेतना जगाउँने संदेशमूलक बिचार बिमर्श, नाटक, कबिता देखि नेपाली कला संस्कृति झल्कीने नृत्य साथै डि जेले कार्यक्रम अति रोचक भएको थियो।
दिदीबहिनीहरुको सिप कलालाई घरदेखि मार्केट सम्म पुर्याउने दुरदर्शिता लिई उनिहरुले बनाएका मौलिक नेपाली परिकार पस्काएर यस दिवसको महत्व बढाउने साथै त्यसबाट संकलित रकमले नेपालमा आर्थिक अवस्था कमजोर किशोरीहरुलाई छात्रावृति गरेर कसैको जीवनमा शिक्षारुपी ज्योतिले परिबर्तन गर्ने यस सँस्थाको २०१६ को लक्ष्य अनुसारको मौलिक परिकार कार्यक्रममा पस्केको थियो।
कार्यक्रममा सहभागीहरुले नौलो कार्यर्कमको लागि प्रसंसा गरे l र यसरि नै प्रत्येक बर्ष नारी दिवस मनाएर समाजमा लुकेका प्रतिभा र अध्यारो पक्षमा चेतना दिन सक्नेछ भन्ने विश्वास दिलाए।
प्रतिक्रिया