अमेरिकामा वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनको भब्य तयारी

इनेप्लिज २०७२ चैत ३ गते ११:०१ मा प्रकाशित

 

wno

आगामी मार्च २५- २७ सम्म अमेरिकाको बाल्टिमोरमा हुने वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनको लागि आयोजक समिति भब्य तयारीको साथ अगाडी बढी रहेको जानकरी दिईएको छ l

वर्ल्ड नेवा अर्गनाइजेसनले आयोजना तथा डिसी महानगर क्षेत्र वरपर स्थापित नेवा समुदायका सशक्त तथा क्रियाशील नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओ ए ) तथा नेपा पास पुचःअमेरिकाय(एनपीपीए)को सहयोगमा हुने भएको छ l

दोश्रो अधिवेसनलाई सफल बनाउन एनपीपीए तथा नओए आयोजक समितिका पदाधिकारी तथा स्वयम् सेवकहरु अथक प्रयासको साथ काम गरि रहेको आयोजकले बताएका छन् l

झन्डै ११ वटा बिभिन्न मुलुकहरु ,क्यानडा ,नेपाल,बेल्जियम ,जापान ,कतार ,बेलायत, पोर्चुगल ,नेदरल्याण्ड ,भारत ,अस्ट्रेलिया तथा अन्य देश बाट सहभागीहरु आउने भएको जानकारी एनओएका पुर्व अध्यक्ष तथा वर्ल्ड नेवा अर्गनाइजेसन दोश्रो अधिवेसनका उप संयोजक सिजन श्रेष्ठले बताए l

दोश्रो वर्ल्ड नेवा अर्गनाइजेसनको अधिवेसन २५ देखि २७ तारिख रखियता पनि मार्च २५ तारिख शुक्रबार अतिथिहरुको आगमन ,दर्ता प्रक्रिया तथा भेटघाट र रात्री भोजनको कार्यक्रम मात्र तय भएको जानकारी श्रेष्ठले दिएका छन् lथप जानकारी दिदै श्रेष्ठले भने यसै गरि बिशेष कार्यक्रम शनिबार बिहान ९ बजे देखि राति भब्य सांस्कृतिक कार्यक्रम समेतको राखिएको र मार्च २७ तारिख समापन समारोह रहने बताए l

darsh

उक्त अधिबेसनको लागि नेपाल बाट प्रमुख अतिथिहरुमा सुन्दर के मल्ल तथा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की हुनु हुने भएको छ l यसै गरि राजेन्द्र श्रेष्ठ लगायत बिभिन्न महत्वपूर्ण व्यक्तित्वहरुको समेत सहभागिता हुने भएको जानकरी अधिवेसनका प्रमुख संयोजक दयारत्न शाक्यले दिएका छन् l

यसै गरि अतिथिहरुमा गोरखापत्रमा सम्पादक पुस्कर भक्त माथेमाको साथै वर्ल्ड नेवा अर्गनाइजेसन अध्यक्ष डा गोपाल श्रेष्ठ ,नेदरल्याण्ड बाट आउनु हुने भएको छ l यसै गरि डब्लुएनओ का महा सचिब डा नारायण राज्भंदारी नर्थ क्यारोलिना बाट तथा कोषाध्यक्ष स्वयम्भु तुलाधर पोर्चुगल भाट समेत आउने हुनु भएको छ l

वर्ल्ड नेवा अर्गनाइजेसनको पहिलो अधिवेसनको लन्डनमा २०११ मा भएको थियो भने २०१६ मा अमेरिकाको बाल्टिमोरमा हुने भएको छ l मेरी ल्याण्ड राज्यको बाल्टिमोरको शेराटनमा होटलमा हुने कार्यक्रमको लागि करिब ३ सय ५० जना को सहभागिता हुन् सक्ने शाक्यले जानकरी दिएका छन् l

season shrestha

विश्वमा नेवा : समुदायलाई एकता गर्दै हाम्रो भाषा ,संस्कृति तथा पहिचानलाई जगेर्ना तथा प्रबर्धन गरौ भन्ने मूल नाराको साथ अगाडी बढेको यो दोश्रो अधिवेसन कोशे ढुङ्गो साबित हुने कुरामा आफु बिस्वस्त रहेको प्रमुख संयोजक दयारत्न शाक्यले बताए l

यसै गरि वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनलाई सफल बनाउन अहोरात्र लागि परेका एनपीपीए कि अध्यक्ष सरोज प्रजापति तथा एनओएका अध्यक्ष राम लाल श्रेष्ठ ले आफ्नो शहरमा हुने कार्यक्रम भएकोले अधिवेसन लाई ऐतिहासिक बनाउन हामी कुनै कसर नछोड्ने र त्यहि अनुसार लागि परेको बताए l

प्रमुख संयोजक शाक्यले दोश्रो दिन निकै महत्वपूर्ण हुन्छ भन्दै नेवा : समुदायका संस्कृति ,ईतिहास ,कला ,भाषा ,पहिरन आदि ईत्यादी बिषयमा कार्यपत्र प्रस्तुति ,व्यापक छलफल ,बहस ,वृतचित्र आदी ईत्यादीमा समय खर्चिने बताए l

र तेश्रो दिन वाशिंगटन घोषणा समेत जारी गर्ने योजना रहेको आयोजकले बताएका छन् l कार्यक्रम पश्च्यात घुमघामको पनि व्यवस्था गरिएको जनाइएको छ l कार्यक्रममा व्यापार तथा अन्य बिबिध बिषयमा समेत बिभिन्न मंचको कार्यक्रम समेत तय गरिएको छ l

प्रतिक्रिया