सिड्नीमा अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सम्पन्न

इनेप्लिज २०७२ चैत ३ गते ३:३४ मा प्रकाशित

1b72cad8-7777-4ab8-9a0a-cb10f5fc46f8

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सिड्नी, अस्ट्रेलियामा मार्च ४, ५ र ६, २०१६ मा दोश्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मलेन तथा विश्व काब्य गोष्ठी सम्पन्न भएको छ ।

13af1da2-e6df-4692-9c84-81722826cf55

तीनदिनसम्म चलेको सो कार्यक्रमले ६ बुंदे सिड्नी घोषणा पत्र तयार गरेको छ । मार्च ४, शुक्रबारका दिन अन्तर्राष्ट्रिय सहभागीहरुको आतिथ्यतामा आयोजित गाला डिनरमा कार्यक्रम

संयोजक भीमसेन सापकोटाले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने संस्थाका अध्यक्ष पदम विश्वकर्माले संस्थाको उदेश्य, स्थापना, यसका गतिविधि र नेपाली साहित्यमा यसले पुर्याएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा साहित्यिक परिचय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

6377532f-0fc5-483c-8fae-afa4aba5d92d

कार्यक्रमको दोस्रो दिन मार्च ५, शनिबार अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा आयोजितसमारोहको उदघाटन साहित्यकार डा. गार्गी शर्माले पानसमा बत्ति बालेर गर्नु भएको थियो भने ज्ञात अज्ञात साहित्यकारहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । यसै अबसरमा शब्दामाला अस्ट्रेलियाका कलाकारहरुले नेपाली राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने अनेसास सिड्नी च्याप्टरका अध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । यसै गरी सिड्नी घोषणा पत्र तयारीका लागि साहित्यकार विन्द्या सुब्बा, सानु घिमिरे, निशा अर्याल, जानकी पौडेल र सुजाता केसी रहेको पांच सदस्यीय घोषणा पत्र तयारी समिति गठन गरिएको थियो । सम्मेलनमा बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्की, नेपाल प्रज्ञा प्रतिष्ठाका कुलपति गंगाप्रसाद उप्रेती, जापानी साहित्यकार आरुहितोको शुभकामना

सन्देश सुनाइएको थियो ।

सम्मेलनको अबसरमा सम्मेलन आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिड्नी च्याप्टरलाई संस्थाका अध्यक्ष पदम विश्वकर्माले प्रसंशापत्र प्रदान गर्नु भएको थियो भने सानु घिमिरेलाई संस्थापक अध्यक्ष होमनाथ सुबेदीले अनेसास उत्कृष्ठ पुस्तक पुरस्कार प्रदान गर्नु भएको थियो । यसै गरी डा. कविता लामा (भारत), रमा शर्मा (नेपाल), भागीरथी श्रेष्ठ (नेपाल), पद्मावती सिंह (नेपाल), कुन्ता शर्मा (नेपाल), भद्रकुमारी घले (नेपाल), तोया गुरुङ (नेपाल), उषा शेरचन (नेपाल), लक्कीदेबी सुन्दास (भारत), डा. उषा ठाकुर (भारत) लाई अनेसास विशिष्ट सम्मान र निशा अर्याल (इजरायल), जानुका ढकाल (अष्ट्रेलिया), बिमला निरौला (अमेरिका), रजनी श्रेष्ठ (अमेरिका), आचार्य प्रभा (अमेरिका), मन्जु निरौला (अमेरिका), दीपा

एवाई राई (हंगकग), जया राई (बेलायत), सुचित्रा खनिया (इजरायल) र मन्जुश्री थापा (क्यानडा) लाई अनेसास डायस्पोरा सम्मान प्रदान गरिएको थियो । सोही अबसरमा देश सुब्बाद्वारा लिखित Philosophy of Fearism, भीमसेन सापकोटाको प्रश्नमा इश्वर, लतिका जोशीको भुट भुटी, राधेश्याम लेकालीको समयका घोडाहरु, अमित श्रेष्ठको The Fault, उषा शर्माको अज्ञात यात्रा पुस्तक बिमोचन गरिएको थियो । यसै गरी नेपाल सरकारबाट गत बर्ष सम्पन्न भानु स्वर्णपदक भानु स्वर्ण पदक राजदुत रुद्रकुमार नेपालले वितरण गर्नु भएको थियो । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रप्रसाद नेपाल,  नेसासका सल्लाहकार डा. कविता लामा, सल्लाहकार, एनआरएन प्याट्रन इन्द्रा बन, संस्थापक अध्यक्ष होमनाथ सुबेदी, प्रमुख अतिथि गार्गी शर्माले शुभकामना तथा मन्तब्य प्रकट गर्नु भएको थियो ।

उद्घाटन समारोह पश्चात काब्य गोष्ठीकी संयोजक सानु घिमिरेले काब्य गोष्ठी संचालन गर्नु भएको थियो । रचना बाचन गर्नु हुनेहरुमा राजेश बुढाथोकी, महेन्द्र शर्मा, दिपक निरौला, जितेन्द्र मल्ल, सुजाता केसी,

इन्द्र आचार्य, रन्जु थापा, बिजया सुब्बा, डा. गार्गी शर्मा, सिद्दी विनायक, कुमार गिरी, गोपी दवाडी, नबराज कार्की, उमा कार्की, निशा अर्याल, महेन्द्र पौडेल, नबराज कार्की, बेदराज ज्ञवाली, दुर्गा रिजाल, लतिका जोशी, सुरेन्द्र दवाडी, गणेश घिमिरे, उद्दब प्रसाद कोइराला, ममता तिवारी, सानु घिमिरे, डा. पुस्पा शर्मा, तृप्ति पाण्डे, देश सुब्बा, सिमा रोशी, उमा कार्की, सुर्यप्रसाद जमरकट्टेल, केदार पोख्रेल, बिष्णु घिमिरे आदि हुनुहुन्थ्यो । कार्यक्रममा साहित्यकार विन्द्या सुब्बाले नेपाली साहित्यमा महिला साहित्यकारको योगदान, लिला लुइटेलले डायस्पोरा साहित्यमा महिला साहित्यकारहरुको योगदान, सानु घिमिरेले अस्ट्रेलियामा

नेपाली नारी लेखनको योगदान, डा. कविता लामाले पितृसत्ता र नारीबादको बारेमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । यसै गरी देश सुब्बाले भयबाद, डा. खगेन्द्रप्रसाद लुइटेलले नेपाली साहित्यको बिश्वब्यापीकरण अभियान, दुर्गा रिजालले छन्दको बारेमा र होमनाथ सुबेदीले डायस्पोरामा नेपाली साहित्यको बारेमा चर्चा गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष पदम बिश्वकर्माको सभापतित्वमा सम्पन्न समापन समारोहमा आजीवन सदस्यहरुलाई संस्थाको ब्याच तथा प्रमाणपत्र प्रदान गरिएको थियो । भिमसेन सापकोटाको उद्घोषणमा आयोजित स कार्यक्रममा ६ बुंदे सिड्नी घोषणा पत्र प्रस्तुत गरिएको थियो । घोषणा पत्र यसप्रकार छ:

१. महिला स्रष्टाहरुको एक मुष्ठरुपमा कविता, कथा र निबन्धका संग्रहहरु प्रकाशित गरी अनेसासको संजालबाट विश्वभरी फैलाउने ।

२. सन् २०१४ मा अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय नेपाली महिला सम्मेलनद्वारा गरिएको घोषणा पत्रलाई कार्यान्वयन गर्दै जाने ।

३. महिला साहित्यकारहरुका उत्कृष्ठ कृतिहरु अंग्रेजी भाषामा अनुबाद गर्ने ।

४. महिला साहित्यकारहरुका रचनाहरुका संकलन प्रकाशन गर्दै जाँदा एउटा भाग/खण्डले मात्र नपुगे दुई-तिन भागहरु प्रकाशित गर्ने ।

५. तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा विश्वका धेरै राष्ट्रहरुबाट महिला

स्रष्टाहरुलाई सहभागिता गराउन प्रयास गर्ने ।

६. अन्तर्राष्ट्रियस्तरमा महिला स्रष्टाहरु बिभिन्न संजालद्वारा एकार्काका सम्पर्कमा रहने र यस सम्पर्कको विस्तार गर्दै जाने ।

कार्यक्रममा अध्यक्ष पदम बिश्वकर्माले सहभागी, आयोजक, सहयोगी सबैलाई धन्यवाद प्रकट गर्दै भीमसेन सापकोटाको अध्यक्षतामा एशियाना/अष्ट्रेलिया क्षेत्रीय समितिको घोषणा गर्नु भयो । सो समितिको उपाध्यक्षमा महेन्द्र पौडेल, महासचिबमा गणेश घिमिरे, सचिबमा दिक्पालदेव पगेनी, कोषाध्यक्षमा राजेश बुढाथोकी रहनु भएको छ भने सदस्यहरुमा सानु घिमिरे, वासुदेव मरहठ्ठा रहनु भएको छ । उक्त समितिको सल्लाहकारमा अनेसास केन्द्रका अध्यक्ष, एनआरएनका अध्यक्ष र अष्ट्रेलिया निबासी दिपक बिस्ट रहेका छन् ।

प्रतिक्रिया