आऊ आऊ बसन्त राज ऋतुकै योध्दा बिजेता तिमि
काब्यै सिर्जनका प्रतीक तिमि हौ मनमा कविका तिमि
तिम्रो स्वच्छ प्रयास आगमनले शिशीर बिर्साउछ
पालुवा पहरा र कुञ्ज बनले सम्मोहनी लाउछ
चिसो सर्र बतास त्यो पवनले बाटो पहिल्याउछ
मेघाच्छादन को ठुलो जलघडा हिमाल हुत्याउछ
यो जीबन र चराचरै जगतमा तृष्णारुपी प्यासको
आदि अन्त्य भएर नि:सृत हुने त्यो देब हौ आशको
धर्तीलाई हरा भरा गरि सुधा सिंचन गरी प्यारले
दिन्छौ औषदी अन्न औ शितलता पोसेर आहारले
तिम्रो स्वागत गर्न आतुर सबै पर्खि बसेका यहा
आऊ झट्ट भनि पुकार गरदै बोलाउदै छन जहा
देखूँ देख्न म पाउँ त्यो शितलको बर्षालु आरोग्यको
काब्यै रच्न म पाऊँ सन्निधिमहा तिम्रै अहोभाग्यको !
प्रतिक्रिया