मलेसियामा अाज एकै दिन दुई नेपाली सुतेको सुत्यै भए

इनेप्लिज २०७२ चैत १ गते १९:४३ मा प्रकाशित

IMG_7884

अर्पण मगर / चैत १ मलेसिया
मलेसियाको जोहर वाहारुमा आज राती अलग अलग कम्पनीमा दुई नेपाली सुतेको सुत्यै भएका छन्। मलेसियाको जोहोर स्थित Ata industrial (m) sdn.bhd मा काम गर्दै आएका सुनसरी जिल्ला गाबिस का “md. जबिर हुसेन” को मृत्युु भएको छ। ।उहाँको संगै बस्ने साथी सुरेश कुमार को अनुसार १३ तारिक, बेलुका सुतेको मान्छे अबेर सम्म नउठे पछी किन उठेन भनेर साथिहरुले बुझ्दा उहाको मृत्यु भइसकेको रहेछ । उहाँ खाना खाए लगतै कानमा एयरफोन प्रयोग गरेर सुत्नु भएको हुसेनको मृत्युको कारण भने खुल्न सकेको छैन। हुसेनको शवलाई अहिले मलेसियाली प्रहरिले पोस्टमार्टमको लागि नजिकैको हस्पिटलमा लगेको छ ।
त्यस्तै जोहोर बारुकै ake chee furniture कम्पनी मा कार्यरत ईलामका भिम राईको पनि गए राति निधन भएको छ करिब ३९ महिना अधि मलेसिया अाएका राई बेलुका खाना खाएर सुतेका थिए डिउटि जाने समयमा नउठेपछि साथीहरू ले उठाउदा मृत अवस्थामा थिए, संगै काम गर्नै मित्र राजु गुरुङका अनुसार वहाँ केही महिना पछि नेलाल फर्कदै हुनुहुन्थ्यो । मृतक राई अविबाहित थिए।

IMG_7883
मलेसियामा पछिल्लो समय धेरै नेपालीले सुतेको अबस्थामा ज्यान गुमाएका घटनाहरु अाइरहेका छन। कतिको खानपिन , अस्वस्थता,आरामको कमि र चिन्ताको कारणले धेरै नेपाली मलेसियामा अकालमा ज्यान गुमाउन बाध्य हुने अवस्था तर्फ पनि सरकार तथा सम्बन्धित निकायले कुनै चासो देखाएको छैन अाखिर किन??

प्रतिक्रिया