पथरी,चैत्र १
मोरङ पथरीशनिश्चरे–१४ का एक युवाको मृगौलामा समस्या भएर आफूलाई बचाइदिन आग्रह गरेपछि पथरी उद्योग वाणिज्य संघले आर्थिक सहयोग जुटाएको छ । मोरङ पथरीशनिश्चरे १४ का ३४ वर्षीय मृगौला पीडित रत्नकुमार तामाङलाई बचाउनका लागि उठाइएको रकम एक औपचारिक कार्यक्रमका बीच सोमबार हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य संघको पहलमा उठाएको १ लाख ४ हजार १ सय ६ रुपैयाँ अध्यक्ष धनकुमार तामाङले विरामीकी छोरी रबिना तामाङलाई प्रदान गरेका थिए । सो रकम पथरी व्यापार संघले २१ हजार, पथरीशनिश्चरे नागरिक समाज ५ हजार १, शान्ति सा व उ ले ५ हजार, मोरङ बस यातायात संघ पथरीले २५ सय लगायतले सहयोग गरेका थिए । एक सातादेखि काठमाडौंको वीर अस्पतालमा रहेका तामाङले टेलिफोन मार्फत् हारगुहार मागेका हुन् । उनले आफूजस्तो मृगौला विग्रिएको विपन्न मानिसको पनि बाँच्न पाउने अधिकार सुनिदिन सबैसँग आग्रह गरेका छन् । १ वर्षदेखि तामाङ दुवै मृगौला खराब भएर निरन्तर डाइलासिस गरिरहेका थिए । पीडितले साढे ५ कठ्ठा जग्गा बेचेको र अब बस्ने घर मात्रै बाँकी रहेको कार्यक्रममा उपस्थित एक छिमेकीले सुझाए । हालसम्म पीडितको उपचारमा १३ लाख रुपैयाँ सकिसकेको बताइएको छ ।
वि.सं. २०७१ चैतदेखि त्यही डाइलासिसका भरमा ज्यान बचाउँदै आए पनि आर्थिक अभावका साथै स्वास्थ्यमा समेत अझै समस्या हुँदै गएपछि श्रीमती विष्णुकुमारी तामाङ राईले आफ्नो एउटा मृगौला श्रीमान्लाई दिने निधो गरेकी छिन् । हाल मृगौला पीडित तामाङ वीर अस्पतालमा डाक्टरले चेकजाँच गरेर श्रीमतीको मृगौला लगाउने तरखरमा छन् । साथै बिदेशमा रहेका ईष्टमित्रले १ लाख ७९ हजार रुपया पनि आएको र अझैपनि अरुले सहयोग गर्नै बताएको छोरीले जनकारी दिन । छोरी रबिनाले मेरो बाबालाई बचाईदिनु हुन हार्दिक अनुरोध गर्दछु भन्दै अपिल गरीन ।
प्रतिक्रिया